www.tandavnews.com
Fact ~ In search of truth

पोखराबाट पाँच महीनामा आठ करोड बराबर नुनको कारोवार

 

 

पोखरा ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखराले चालु आर्थिक वर्षको पाँच महीनामा आठ करोड रुपैयाँ बराबरको कारोवार गरेको छ ।

Batas

उक्त कार्यालयले सो अवधिमा खाद्य पदार्थ, खाने तेल, नून र चिनीको बिक्री गरी सात करोड ५९ लाख मूल्य बराबरको कारोवार गरेको सो कार्यालयका प्रमुख सुरेशराज भण्डारीले जानकारी गराए ।

सोमध्ये सबैभन्दा धेरै नूनको कारोवार भएको छ । सो अवधिमा सात करोड ३२ लाख ११ हजार ९ सय ६५ रुपैयाँ मूल्य बराबरको ८९ हजार २ सय ८५ बोरा नून बिक्री भएको छ । सो अन्तर्गत ६ करोड २१ लाख ८३ हजार २ सय ९० रुपैयाँ मूल्य बराबरको ६७ हजार २सय २८ बोरा आयोनून र एक करोड १० लाख २८ हजार ६ सय ७५ रुपैयाँ मूल्य बराबरको ढिक्के नून बिक्री गरेको छ ।

साल्ट ट्रेडिङ पोखराले डिलरको माध्यमबाट कास्की, तनहुँ, लमजुङ, स्याङ्जा र गोरखा जिल्लामा नून आपूर्ति गर्दछ । उक्त कार्यालयले १६ लाख ५६ हजार ३ सय ४२ रुपैयाँ मूल्य बराबरको रासायनिक मल बिक्री गरेको छ । यस्तै एक लाख तीन हजार ३ सय १८ मूल्य बराबरको १ सय ५० बोरा चोकर र मैदा साथै ८१ हजार रुपैयाँ मूल्य बराबरको पिठो बिक्री भएको छ ।

त्यस्तै, चार लाख ६९ हजार ३सय ७ रुपैयाँ मूल्य बराबरको सूर्यमुखी तेल र चार हजार ४ सय ६० मूल्य बराबरको खाने तेल गरिएको हो । उक्त कार्यालयबाट चार लाख नौ हजार २सय ३ रुपैयाँ बराबरको १ सय ३६ बोरा चिनी पनि सो अवधिमा बिक्री भएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.