www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा प्रदेशस्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

सुशान्त गाहा मगर,

ताण्डव न्यूज ।

राष्ट्रिय खेलकुद परिषदको संयोजन तथा पश्चिमाञ्चल खेलकुद बिकास समितिको आयोजनामा गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।

Batas

पोखरा रङ्गशालामा आज (बिहिबार) देखी (छात्र÷छात्रा) भलिबल, एथलेटिक्स, कवड्डी, उसु, कराँते र तक्वान्दो गरी ६ बिद्यामा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय संरचना अनुरुपनै खेलकुदका गतिबिधी सञ्चालन गरेसँगै खेलकुदका संस्थाहरु सोही अनुरुप जान पर्ने बताए । उनले सो प्रतियोगिताले गाउँकुनाको प्रतिभावान खेलाडीलाई राम्रो अवसर भएको भन्दै सम्पुर्ण खेलाडीहरुलाई मर्यादिद भएर खेल्नुपर्नेमा जोड दिए ।

त्यस्तै गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेबी पुनले यही बर्ष खेलकुद एकेडेमी स्थापना गर्ने बताउदै खेलकुदको बिकासका लागि नीतिगत रुपमा प्रदेश सरकार अगाडी बढ्ने उल्लेख गरे ।शक्रबार सम्पन्न हुने उक्त प्रतियोगितामा ११ जिल्लाका ९१३ खेलाडीहरु प्रतियोगितामा सहभागी रहेका छन् ।

आयोजकका अनुसार सो प्रतियोगितामा प्रथम हुने जिल्लालाई नगद  २० हजार रुपैयाँ सहित गण्डकी प्रदेशको राष्ट्रपति रनिङ शिल्ड प्रदान गरिने छ । त्यस्तै दोसा्रे हुने जिल्लालाई नगद  १५ हजार रुपैयाँ सहित ट्रफि प्रदान गरिनेछ भने तृतीय हुने टिमले १० हजार रुपैयाँसहित ट्रफि प्राप्त गर्नेछ ।

प्रतियोगिताको समापनका दिन (शुक्रबार) प्रदेश नं. ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरि बिभिन्न स्थान हासिल गरेका खेलाडीहरु तथा प्रशिक्षकहरुलाई गण्डकी प्रदेशको तर्फबाट सम्मान गरिने पश्चिामञ्चल क्षेत्रिय खेलकुद बिकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए । उनका अुनसार गण्डकी प्रदेशले प्रथम, द्वित्तिय र तृतीय गरि कुल ९३ पदक जितेको थियो ।

ब्यक्तिगत खेलको बिजेता, उपबिजेता तथा सान्त्वना स्थान हाुिसल गर्ने खेलाडीलाई क्रमश १० हजार ७ हजार र ५ हजार प्रदान गरिने श्रेष्ठले बताए । उनका अनुसार समुह खेलमा प्रथम, द्वित्तिय र तृतीय स्थान हासिल गर्नले खेलाडीहरुलाई क्रमश ७ हजार ५ हजार र ३ हजारले सम्मानिग गरिनेछ भने प्रशिक्षकहरुलाई क्रमश ५ हजार ३ हजार र २ हजार प्रदान गरिनेछ ।

सोही कार्यक्रमसँगै आगामी २०७७ सालमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा संचालन गर्नका लागि झण्डोतोलन गरिने आयोजकले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.