www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा भइरहेको अमेरिकी र नेपाली सेनाको सैन्य अभ्यास रोक्न माग

काठमाडौँ ।

नेपाल कम्यनिस्ट पार्टीका प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पोखरामा भइरहेको अमेरिकी सेना र नेपाली सेनाको सैन्य अभ्यास रोक्नुपर्ने माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेकपाका प्रमुख सचेतक गुरुङले नेपाली सेना र अमेरिकी सेनाको संयुक्त नेतृत्वमा विभिन्न १३ देशका सेनाको अभ्यास रोक्नुपर्ने माग गरेका हुन्। शून्य समयमा बोल्दै उनले देशको सामरिक सुरक्षाको विषयमा गभ्मीर हुनुपर्ने भन्दै परराष्ट्र र रक्षा मन्त्रालयले यो विषय सदनलाई जानकारी दिनुपर्ने माग गरेका छन्।

Batas

पोखरामा केही दिनदेखि १३ देशका सैनिक विपद्‍ व्यवस्थापनबारे सैन्य तालिम गरिरहेका छन्। नेपाली सेना र युएस कमाण्ड एसिया प्यासिफिकको नेतृत्वमा उक्त सैन्य अभ्यास भइरहेको हो।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.