www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा भायनेटको पहिलो शाखा

पोखरा ,
ताण्डव न्यूज ।

भायनेट कम्युनिकेसन प्रा.लि.ले पोखरामा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीको शाखा पोखराको नयाँबजारमा रहेको छ ।
भायनेटले पोखरामै पहिलो पल्ट विश्वमा नै टेलिकम्युनिकेसन प्रविधिमा नाम कहलिएको नोकियासगँको सहकार्यमा आफ्नो ‘अल्ट्रा ब्रोडब्यान्ड ’ क्षमतायुक्त नेटवर्कको पनि शुरुवात गर्दैछ ।

भायनेटको प्रमुख कार्यकारी अधिकृत प्रशन्न पोखरेलको अनुसार भायनेटको प्यान नेपाल  FTTH  नेटवर्क विस्तारको योजना अनुसार पोखरामा यसको शाखा विस्तार गरिएको हो ।
पोखरेलले भने,‘पोखरामा हामीले आफ्नो पहिलो नोकिया डिभाइसहरु विस्तार गर्न लागेका छौँ ,जसले गर्दा हामीले आफ्नो प्रयोगकर्ताहरुलाई सधै नै उच्च गुणस्तरको सेवा प्रदान गर्न अझ बढी सक्षम हुनेछौ ।’
अल्ट्रा ब्रोडब्यान्ड इन्टरनेटले 100 Mbps (megabites per second ) भन्दा बढीको स्पीड प्रदान गर्न सक्छ ।

भायनेटले 2.5 Gbps सम्म स्पीड दिन सक्ने नेटवर्क निर्माण गर्छ । भायनेटले उच्च मागमा रहेका इन्टरनेट एप्लिकेसनहरु जस्तै अल्ट्रा हाई डेफिनिसन भिडियो समाग्री ,IPTV ,अनलाईन भिडियो स्ट्रिमिङ्ग साइटहरु,भर्चुअल रियालिटी र अरु इन्टरनेट चलाउन मिल्ने डिभाइसहरुलाई सपोर्ट गर्नेछ ।

भायानेटले २०११ देखी फाइबर अप्टिक्स इन्रनेटमार्फत प्रयोगकर्तालाई सेवा सुविधा दिदैँ आइरहेको छ भने २०१६ देखि नेट टि.भी सगँ सहकार्य गरि उच्च गुणस्तरको IPTV सर्भिस मार्फत पज एन्ड प्ले ,मुभिज अन डिमान्ड ,एक हप्ता सम्मको अटो रेकर्डिङ्ग ,अटो रिवाइन्ड गरेर हेर्न नपाएको एपिसोड हेर्न मिल्ने सुविधा दिएको छ , भने मोबाइल र ल्यापटपमा पनि टि.भी च्यानल हेर्न सकिनेछ ।

यस नेटले वर्षको हरेक दिन २४ सै घण्टा सेवा दिने कम्पनीले जनाएको छ। भायनेट प्रयोगकर्ताले जुनसुकै समयमा पनि कम्पनीमा सम्पकै गर्न सक्नेछन् । भायनेटले इन्टर नेटको वार्षिक योजना अुनसार ग्राहकहरुलाइ नेट टि.भी र नेट टि.भी सेट टप बक्स निशुल्क प्रदान गरिरहेको छ ।

नेपालको अग्रणी इनटरनेट तथा टि.भी सेवा प्रदायक कम्पनीको पोखरामा पहिलो शाखा हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.