www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा भिजिट नेपाल लक्षित ‘जीवनशैली फेसन सो’

पोखरा ।

पोखरामा भिजिट नेपाल २०२० लक्षित जीवनशैली फेसन सो आयोजना हुने भएको छ ।

आर एन्ड आर ग्रुपको आयोजनामा हुन लागेको फेसन सो यहि कात्तिक २९ गते पोखराको स्वीस इन्टरनेसनल होटलमा हुने भएको हो ।

विगत एक दशकदेखि विभिन्न इभेन्ट तथा फेसन सो आयोजना गर्दै आएको ग्रुपले यसपटक पोखरामा सो गर्न लागेको हो । यस जीवनशैली फेसन सो मा नेपालमा उत्पादन हुने फेब्रिकबाट बनेका पहिरन, नेपाली सिल्क, ढाका, अल्लो, कटन लगायत प्रयोग गरेर नेपाली जीवनशैली झल्किने पहिरन प्रर्दशन गरिने आयोजक ग्रुपकी मञ्जु श्रेष्ठले जानकारी दिइन् ।

फेसन सोमा १६ जना मोडलले विभिन्न डिजाइनरका पहिरन प्रदर्शन गर्नेछन् । सोमा जुजु वेयर, अल्लोबाट फेब्रिक बनाउने करुणा, सिल्क उत्पादन गर्ने सेरी वल्र्ड, बीएस अटायर, गिफ्ट नेपाल, ढाका उत्पादन गर्ने सभा नेपाल, नेपाली कटन उत्पादन गर्दै आएको एकादेशमा, अग्रशील नारी संस्था एण्ड चर्खा लगायतको सहभागिता रहने भएको छ ।

आर एन्ड आर ग्रुपले यसअघि धनगढीमा पनि फेसन सो आयोजना गरेको थियो ।

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.