www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा भोलि(बुधबार) ५० जनाले आँखादान गर्दै

पोखरा।

पोखरामा आँखादान कार्यक्रम हुने भएको छ । मृत्युपछि आँखादान गर्ने गरी प्रतिबद्धता गरेर आँखादानको घोषणा गर्न सकिनेछ ।

भोलि(बुधबार) बिहान साइमन पार्टी प्यालेसमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए ।

‘मृत्युपछि आँखादान गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो,’ पौडेलले भने, ‘बुधबारसम्म ५० जनाले आँखादानको लागि प्रतिबद्धता गरेका छन् ।’ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा कार्यक्रम हुने सचिव तथा कार्यक्रम संयोजक विकास भुर्तेलले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.