www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा लाखौँ ठग्ने नक्कली प्रहरी पक्राउ

पोखरा
ताण्डव न्यूज ।
नक्कली प्रहरी बनेर ठगी गर्दै हिँड्ने एक यूवालाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रहरी हुँ भन्दै टोल टोलमा धम्क्याउँदै रकम असुली गर्दै हिँडेको सुराकीको आधारमा लम्जुङमको मस्र्याङ्दी गाउँपालिका १ का जीवन गुरुङलाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए ।

‘बजारमा सादा पोशाकमा खटिने प्रहरी बनेर ठगि गर्ने गरेको गरेको रहेछ,’ रानाले भने, ‘उ माथी थुप्रैको लाखौँ रकम ठगेको आरोप छ । केही आरोप त उसले हिजो नै स्वीकारी सकेको छ । थप अनुसन्धान गरिरहेका छौँ ।’ गुरुङले पोखरा १० स्थित राम बजारका गुमान गुरुङलाई सात लाख ठगेको स्वीकारी सकेका छन् ।

प्रहरीकहाँ स्याङ्जाका कुम बहादुर गुरुङलाई ५५ लाख पर्ने गाडी २२ लाख मै किन्दिने भन्दै २२ लाख ठगेको उजुरी यस अघि नै परिसकेको छ । प्रहरीले उनको पिछा केही दिन अघि देखि गर्दै आइरहेको बतायो । सोही क्रममा प्रहरीले पोखराका केही होटलहरुबाट पनि गुरुङले पाँच लाख हाराहारी पैसा ठगेको सूचना पाएको छ । त्यस्तै पोखराका विभिन्न दोहोरी साँझ, डाँन्सबारहरुमा पनि उसले धम्क्याउँदै रकम ठगि गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानले पत्ता लागेको छ ।

Batas

गुरुङले हरेक ठाउँमा आफु प्रहरी बताउँदै ठग्ने गरे । उनले विभिन्न मानिसहरुलाई साथी बनाउने र पछि पैसा माग्ने गरेको प्रहरीले पत्ता लगाएको छ । त्यस्तै पछि पैसा माग्नेलाई उनले आफु प्रहरी रहेको र त्यस माथी पनि इन्काउन्टर गर्ने प्रहरी रहेको उनले बताउँदै आएको प्रहरीकहाँ उजुरी गर्नेहरुले बताएका छन् । उनले आफु प्रहरी हुँ भन्ने विश्वास दिलाउन मोबाइल सेटमा प्रहरीको साइरनको आवाज आउने, ओकटकेको आवाज आउने टोनहरु समेब बेला बेला बजाउने गरेको अनुसन्धान पछि खुलेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.