www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा लागूऔषध सहित एक यूवा पक्राउ

ताण्डव न्यूज, पोखरा ः कास्की प्रहरीले पोखरा महानगरपालिका १० अमरसिंहचोकबाट लागुऔषध सहित एक यूवालाई पक्राउ गरेको छ । बुधबार अमरसिंह चोकबाट रुपन्देही घर भएका २६ वर्षका राजन मौर्यलाइ अबैध लागुऔषध सहित राम बजार प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।

राजनको साथबाट प्रहरीले कालो झोला भित्र सिलप्याक गरी ल्याएको डाईजापाम ६० थान, नुर्फिन ६० थान र फनरागन ६० थान लागूऔषध बरामद गरेको छ । घटनाका विषयमा प्ररहीले थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरिक्षक कृष्णबहादुर कार्कीले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.