www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा विप्लबका कार्यकर्तालाई अदालतले छोडे लगत्तै प्रहरीले नियन्त्रण गर्यो

पोखरा,  

ताण्डव न्युज ।

गएको हप्ताको शनिबार कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट प्रहरीले १८ जना नेत्र विक्रम चन्द (विप्लब) नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ गर्यो ।

Batas

यि मध्ये बिहीबार उच्च अदालत पोखराको आदेशले नौ जना रिहा भए । रिहा भएपनि नौ जनानै घर जान पाएनन । अदातलाई घेरेर बसेका प्रहरीले उनीहरुलाई पक्राउ गर्न कुरेर बसेका थिए ।

मध्यरातसम्म रिहा भएकाहरु पुन पक्राउ हुने डरले उच्च अदालत बारको भवनमा बसिरहे बाहिर निस्केनन् । तर, पछि प्रहरीले उनीहरु सबैलाइ नियन्त्रणमा लिई डाँडाको नाक प्रहरी चौकीमा पु¥याएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिनको लागि कास्की प्रहरीले पाँच वटा भ्यान र प्रहरी तैनाथ गरेको थियो । उच्च अदालतमा रहेको बारको भवनमा छिर्ने बेलामा विद्यार्थी नेता मिलन राईले भने, ‘अदालतले छोड्ने, प्रहरी घेरा हालेर पक्राउ गर्न बस्दा हामीलाई मानसिक तनाब दिने काम भएको छ ।’

गत शनिबार विप्लबको कार्यकर्तालाई कानुन विपरित पक्राउ गरेको भन्दै पक्राउ पर्ने मध्येकै जंगबहादुर भण्डारीको तर्फबाट पृथ्वीराज भण्डारीले सोमबार बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो ।

सोही रिट माथी छलफल गर्दै न्यायधिश जगतप्रसाद श्रेष्ठको इजालसले पक्राउ परेकाहरुलाई अदालतमा उपस्थिती गराउन भनेका थिए ।

उक्त रिटको बहसमा तेजबहादुर कार्की र सुवास पौडेलको संयुक्त इजालसले रिहा गर्न आदेश दिएको थियो । सोही आदेश अनुरुप नै उच्च अदालतका रजिस्टर जितेन्द्र थपलियाको रोहबरमा नौ जनालाई रिहा गरिएको थियो ।

अदालतमा उपस्थित भएका बाहेक अरु नौ जनालाई जिल्ला प्रहरी कार्यालयमै राखेर सार्वजनिक अपराधको मुद्धा दायर गरिएको छ । उनीहरुको म्याथ थप समेत भइसकेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.