www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ‘स्कुल अफ बारटेण्डर्स’ले विशेष ट्रेनिङ दिने

पोखरा
ताण्डव न्यूज ।

पोखरामा स्कुल अफ बारटेण्डरले विशेष बारटेण्डको टे«निङ दिने भएको छ । जिरो किलोमिरटमा कार्यालय रहेको स्कुल अफ बारटेण्डरसले विहीबार (भोली) देखि तालिम संचालन गर्ने संचालक शैलेश शाहीले बताए ।

तीन जना युवाहरुले संचालनमा ल्याएको स्कुलले विशेष गरि बारटेण्डिङ, बारिष्टा, फायर एण्ड जगिङ र वेटरको तालिम दिने अर्का संचालक राजेन्द्र गुरुङले बताए ।

Batas

‘ दुई महिने बारटेण्डिङको लागि २५ हजार शुल्क लाग्ने, एक महिने बारिष्टाको लागि १५ हजार, एक महिने फायर एण्ड जगिङको लागि १५ हजार र एक महिने वेटरको लागि १२ हजार लाग्ने छ,’ उनले भने, ‘भोलीबाट सुरु हुने टे«निङमा १० जना सहभागी छन् ।’

पोखरामा पछिल्लो समय बारटेण्डरसमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले विशेष स्कुल संचालनमा ल्याएको अर्का एक संचालक रविन केसीले बताए ।

‘विशेष गरि पोखरामा बारटेण्डरको राम्रो अवसर रहेको छ,’ उनले भने, ‘युवाहरु मात्र आकर्षित यस पेशमा महिलालाई पनि प्रोत्साहन गर्ने हाम्रो यो जना छ । युवतीहरुलाई विशेष छुट दिने छौ । ६ महिना भित्र महिला बारटेण्डरपनि उत्पादन गर्ने हाम्रो लक्ष्य छ ।’

कार्यक्रमको संचालन अशोक बस्नेतले गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.