www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा हुने ‘स–फु क्ह्याल्स साँस्कृतिक साँझ’ को तयारी पुरा

सुशान्त गाहा मगर, ताण्डव न्यूज । 
पोखराको सभागृहमा आगामी शनिबार आयोजना हुने ‘स–फु–क्ह्याल्स साँस्कृतिक साँझ’ को तयारी पुरा भएको छ । तमु प्ये ल्हु सँघ केन्द्रीय युवा समितिले आयोजना गर्ने साँस्कृतिक साँझको सम्पुर्ण तयारी पुरा भएको बिहिबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

‘हाम्रो अभियान, वोन धर्मको पहिचान’ भन्ने नारा आयोजना गर्न लागिएको कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको समितिका अध्यक्ष सुक बहादुर गुरुङले बताए । उनले कार्यक्रमलाई सफल पार्न आवश्यक पर्ने रकम संकलन भैरहेको बताउदै बिभिन्न ब्यक्ति तथा सँस्थाहरुसँग समन्वय भैरहेको बताए । उनका अनुसार कार्यक्रम सम्पन्न गर्नका लागि बिभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।

उनले गुरुङ समुदायमा आधारित संस्कार तथा सँस्कृतिको जगेर्ना र संरक्षण गर्ने कार्यक्रमको उद्देश्य रहेको बताए । उनले गुरुङ भाषाको ‘स–फु–क्ह्याल्स’ को अर्थ पृथ्वी, गोलो र उत्पत्ती भएको उल्लेख गर्दै मानवको जन्म देखी मृत्युपर्यन्त संस्कार सँस्कृतिको त्यसैमा जोडिएको बताए ।

Batas

त्यस्तै साँस्कृतिक संयोजक बिश्वास गुरुङले उक्त कार्यक्रममा ६० जना कलाकारले नृत्य प्रस्तुत गर्ने जानकारी दिए । उनका अनुसार तुम समुदायको मौलिक संस्कार तथा सँस्कृतिमा आधारित ८ वटा नृत्य समाबेश गरिएको छ । गुरुङले सो कार्यक्रममा मिलन लामा, धन बहादुर गुरुङ तथा कुसुम गुरुङ लगायतको सांगितिक प्रस्तुती रहेको समेत बताए ।
त्यस्तै समितिका महासचिब पबित्रा गुरुङले कार्यक्रममको प्रशेब शुल्क २ सय र ३ सय निर्धारण गरिएको बताए । उनका अनुसार यस अघि युवा समितिले काठमाडांैमा सोही अनुरुपको साँस्कृतिक कार्यक्रमम सम्पन्न गरिसकेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.