www.tandavnews.com
Fact ~ In search of truth

‘पोखरा अन्तराष्ट्रिय एयरपोर्टमा ब्रह्मलुट’ : पर्दाफास हुने डरले कुटिए ‘रन वे’ प्रमुख

पोखरा
ताण्डव न्यूज ।

निर्माणाधिन पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलका रनवे प्रमुख अनिल कार्की कुटिएका छन् । विमानस्थलकै विभिन्न संरचना बनाउने ठेक्का पाएका ठेकेदार कम्पनीका म्यानेजर समेत रहेका कमलकार्की नेतृत्वको टोलीले उनलाई बुधबार राती १० बजे कुटपिट गरेका हुन ।

‘दशैँको बेला रमाइलो गरौँ भनेर पार्टीको तयारी गरिरहेका थियौँ,’ गण्डकी क्षेत्रिय अस्पताल पोखरामा उपचाररत उनले भने, ‘एक्कासी कुटे । उनीहरुले हिजो दिउँसै देखि रक्सी खाएका थिए । कन्सलटेन्सीकै मानिसहरुले मलाई मर्नेगरी कुटेका हुन । कमल कार्की, सागर मोहन, सोेबेन्द्रराज जोशी र दवाडीले हो मलाई बोत्तल, रडले हानेको, टाउकोमा हानेपछि म बेहोस भएछु । कति कुटे थाहै भएन ।’ उनले एयरपोर्ट निर्माणको क्रममा भएका अनियमितता बाहिर ल्याउने डरले कुटेको आरोप लगाए । उनले कमलकार्कीले केहि समय पहिले पनि आफुलाई जागिरबाटै निकाल्न प्रयास गरेको उनको आरोप छ ।

Batas

‘सिसाको बोत्तलहरुले, रडले टाउको, छातिमा हान्नुसम्म हाने,’ उनले भने । कार्कीको टाउको, र आँखामा चोट लागेको छ । दायाँ आँखा सुन्नीएको र रगत जमेको देखिन्छ । शरिरका विभिन्न भागमा निलडाम समेत छ ।

‘उनीहरुले यहाँ निर्माण गरेको भवन, एयरपोर्ट बाहिरको सडकको काम गुणस्तर नभएको, सिमेन्टहरु सम्झौता अनुसारको नभएको, त्यहाँ निस्केको ढुंगाहरु अबैध तबरले बाहिर विक्रि गरेको कुरा बाहिर भन्छ भनेर कुटे,’ उनले भने, ‘मैले यसो नगर भन्थे । म जसरी नी समयमा यो एयरपोर्ट बनाउनुपर्छ भनेर चाइनीज टोली, आयोजना प्रमुखसँग मिलेर काम गर्थेँ । सागर मोहन मेन हो । उहाँले नै सबै निर्माणको ठेक्का पाउनु भएको छ ।’ विमानस्थलमा सिआरएन्सी, स्लेट जेभीले विभिन्न भौतिक संरचना निर्माणको काम गरिरहेका छन् । स्लेटको तर्फको म्यानेजर कमलकार्कीले गैरकानुनी तबरले त्यहाँ ठेक्का पार्दै काम गरिरहेको अनिलको आरोप छ ।

विमानस्थल प्रमुख बिनेस मुनान्कर्मीले उनीहरुको ब्यक्तिगत झगडाले ठुलो रुप लिएको बताए । ‘कन्सल्टेन्टहरुको कुरा हो । कस्लाई हटाएर कस्लाई राख्यो, कस्लाई हटाएर कस्लाई राख्यो भन्ने विषयमा लफलडा भइरहन्थ्यो । हिजो सबैले रक्सी खाएका थिए,’ उनले भने ।

यता अनिल कार्कीले प्रहरीकोमा उजुरी दिएपनि प्रहरीले चासो नदिएको आरोप लगाएका छन् । राम बजार चौकीको कन्ट्रोलले भने कुटपिटको घटना भएको तर, सामान्य रहेको बतायो । रामबजार प्रहरी चौकीका प्रमुख प्रहरी निरिक्षकले भने फोन उठाएनन । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले भने यसबारे केहि जानकारी नआएको बताए ।

भिडियो …

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.