www.tandavnews.com
Fact ~ In search of truth

‘पोखरा इन्टरनेट’को नयाँ सेवा केन्द्र फुलबारीमा

पोखरा।

इन्टरनेट सेवा प्रदायक ‘पोखरा इन्टरनेट’ले नयाँ सेवा केन्द्र विस्तार गरेको छ । नयाँ कार्यालय पोखराको फुलबारीमा स्थापना गरेको छ । ग्राहकहरुलाई बढि सेवा दिने उद्देश्यले सेवा केन्द्र विस्तार गरेको कम्पनीले जनाएको छ ।

पोखरा इन्टरनेटमा लामो समयदेखि कार्यरत बाघबीर लामाले शाखा कार्यालयको उद्घाटन गरेका थिए । ‘पोखरा इन्टरनेटले कम्पनीका कर्मचारीलाई पनि यसरी सम्मान दिएर कार्यालय उद्घाटन गर्न दिँदा निकै खुशी लागेको बाघबीरले बताए ।

फुलबारीमा सेवा केन्द्र बिस्तारसँगै त्यस क्षेत्रका प्रयोगकर्ताहरुका लागि सहज हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सरोज कोईरालाले बताए । इन्टरनेटमा केही समस्या आएको खण्डमा पनि सेवा केन्द्रबाट तत्काल समाधानको प्रयास हुने जनाइएको छ ।

पोखरा इन्टरनेटले प्रयोगकर्ताहरुको सुविधालाई सँधै आफ्नो आफ्नो पहिलो प्राथमिकतामा राखेर अगाडी बढिरहेको कम्पनीका जनरल म्यानेजर विजेशशंकर पालिखेले बताए ।पोखरा इन्टरनेटले ‘इन्टरनेटसँगै क्लियर टिभी र इन्टरनेटसम्बन्धि विभिन्न डिभाइसहरु लञ्च गर्दै आएको छ ।

कम्पनीले यस अगाडी पोखराको जिरो किलोमिटरमा सेवा केन्द्र विस्तार गरेको थियो । पोखरा गैरापाटनमा मूख्य कार्यालय रहेको कम्पनीले पोखरासँगै आसपासका जिल्लाहरुमा समेत सेवा विस्तार गरिसकेको छ । गण्डकी प्रदेशलाई नै लक्षित गरेर कम्पनीले सेवा विस्तार गरिरहेको जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.