www.tandavnews.com
Fact ~ In search of truth

पोखरा उच्च अदालत : दुईन्यायधीश ईन, दुई आउट

पोखरा ।

पोखरा उच्च अदालतका दुई न्यायधीशले राजीनामा दिएपछि सर्वोच्च अदालतले दुई न्यायधीशलाई पोखरा खटाएको छ ।

न्यायपरिषदको छानविनमा रहेका उच्च अदालतका दुई न्यायाधीशले राजीनामा दिएपछि न्यायाधीशहरु जीवनहरि अधिकारी, रामचन्द्र यादवले राजीनामा दिएका थिए ।

Batas

गोर्खा बु्रअरीको कर छलीसम्बन्धी मुद्दामा कार्यक्षेत्र मिचेर आदेश दिएपछि न्यायपरिषदले उच्च अदालत पोखराका तीनजना न्यायाधीशमाथि छानविन शुरु भएको थियो । अधिकारी, यादव र नरबहादुर शाहीमाथी छानविन सुरु भएको छ ।

गत साउन ८ गते प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले क्षेत्राधिकार मिचेर फैसला गरेको अभियोग लागेका न्यायाधीशहरु जीवनहरि अधिकारी, रामचन्द्र यादव र नरबहादुर शाहीमाथि छानविन तथा कारवाहीको आदेश दिएको थियो । छानविनमा रहेका न्यायधिश अधिकारीले एक हप्ता अघि र यादवले भदौ पाँच गते राजीनामा पत्र बुझाएका हुन् ।

सर्बोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको संयोजकत्वमा यस विषयमा गठन भएको समितिले बयान लिइसकेपछि उनीहरुले राजीनामा दिएका हुन् । उनीहरुले अनावश्यक छानविन तथा कारबाहीको नाममा बेइजती गरिएको भन्दै राजीनामा गर्न बाध्य भएको समेत बताएका छन् ।

उनीहरुले अभियुक्त जसरी नै तारिख धाउनु परेको पनि बताएका थिए । दुई÷दुई जना न्यायधिशले राजीनामा बुझाएपछि सर्वोच्च अदालतले उच्च अदालत पोखराका काम प्रभावित नहोस भनेर पठाएको छ ।
उच्च अदालतमा दुई न्यायधीशले राजीनामा दिएपनि कुनै पनि काम कारबाही प्रभावित नभएको रजिस्टार जितेन्द्रबाबु थपलियाले जानकारी दिए ।

‘काम कारबाही प्रभावित भएको छैन । उहाँहरुको सट्टामा दुई जना न्यायधिशहरु आइसक्नु भएकोछ,’ उच्च अदालत पोखराका रजिस्टार थपलियाले भने, ‘मुद्धाको चाङ छ । उहाँहरुले राजीनामा दिएपछि प्रमोद बैद्य श्रेष्ठ विशेष अदालतबाट र विनोद मोहन आचार्य जनकपुर उच्च अदालतबाट आइसक्नु भएको छ ।’

प्रमोद बैद्य आज सोमबार बाट र आचार्य गत अघिल्लो हप्ताको आइतबारबाट उच्च अदालत पोखरा आएका हुन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.