www.tandavnews.com
Fact ~ In search of truth

पोखरा उद्योग वाणिज्य संघमा म्यानमारका राजदूत

पोखरा ।

नेपालको लागि म्यानमारका राजदूत थिरी पेन्ची यु तुन नाय लिनले बुद्धिष्ट सर्किट सञ्चालनमा आउन सके यसले नेपाल र म्यानमार दुबैको पर्यटन बृद्धिमा सहयोग पुग्ने बताएका छन् ।

‘नेपालले बिमिस्टेक बैठकमा समेत बुद्धिष्ट सर्किटको कुरा उठाएको छ’, पोखरा उद्योग वाणिज्य संघले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदूत लिनले भने,‘ जनस्तरमा सम्बन्ध बिस्तारको लागि पनि यो फलदायी हुनेछ । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्र बनाएर भारतका विभिन्न सहर, भुटान,थाइल्याण्ड र म्यानमारलाई पनि जोडिने पर्यटकीय मार्ग नै बुद्धिष्ट सर्किट हो । ’

Batas

राजदूत लिनले नेपाल र म्यानमारबीच पुरानो सम्बन्ध रहेको चर्चा गर्दै ३ लाखभन्दा बढीको संख्यामा नेपाली भाषिहरु वर्मामा रहेको जानकारी दिए ।

‘मैले नै ३ लाखभन्दा बढी नेपालीहरु वर्मामा रहेको थाहा पाएको छु’, सैनिक पेसामा लामो समय बिताएका राजदूत लिनले भने,‘अफिसरसहित ४ सय जना नेपाली भाषी त बर्माको सेनामै रहेका छन् ।’ म्यानमारका धेरै जनताहरु बुद्धजन्मस्थल लुम्बिनी आउन चाहेको बताउँदै उनले लुम्बिनीको विकासको लागि बर्माको तर्फबाट भएको सहयोगको पनि स्मरण गरे ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पर्यटन प्रवद्र्धनको लागि म्यानमार र नेपालबीच सहकार्य हुनुपर्नेमा जोड दिए । नेपालको निजी क्षेत्र र पोखराका उद्योगी÷व्यवसायीहरु म्यानमारसँग जनस्तरको सम्बन्ध विस्तारको लागि तयार रहेको उनको भनाई थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.