www.tandavnews.com
Fact ~ In search of truth

पोखरा थिएटरमा ‘अटलबहादुरको आतंक’

पोखरा ।

पोखरा थिएटरको तेस्रो प्रस्तुतीको नाटक ‘अटलबहादुरको आतंक’ सोमबारदेखि पोखरामा मञ्चन सुरु भएको छ ।

नाटक मञ्चन कार्यक्रमको शुभारम्भ कार्यक्रममा प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ पुगेका थिए । मन्त्री गुरुङले नाटक हेरिसकेपछि आफ्नो भनाइ राख्दै नाटकले उपस्थित दर्शकको मन जित्न सफल भएको बताए । आफुले लामो समयपछि नाटघरमा बसेर नाटक हेर्ने अवसर पाएको भन्दै उनले गण्डकी प्रदेश सरकारले नाट्य एकेडेमी खोल्नको निमित्त बजेट छुट्टाइएको बताए ।

Batas

नाटक विधालाई व्यक्तिगत रुपमा माथी उठाउन नाटकघर सञ्चालन गरेकोमा उनले खुशी व्यक्त गरे । ‘यो विधालाई माथि उठाउन गण्डकी प्रदेश सरकार साथमा रहनेछ’ मन्त्री गुरुङले भने । नाट्य क्षेत्रलाई अगाडी बढाउन सकारात्मक सोच र सकारात्मक सुझाबको आवश्यकता पर्ने उनको भनाइ थियो । निर्देशक, लेखक, कलाकार तथा पोखरा थिएटर सञ्चालकले गरेको मेहनतबाट आफु प्रभावित भएको उनले बताए ।

खगेन्द्र लामिछानेको लेखन निर्देशनमा मञ्चन भएको नाटकले दर्शकलाई नाटकको नयाँ स्वाद चखायो । नाटकलाई उत्कृष्ट बनाउदै दर्शकलाई स्टेजतर्फ ध्यान केन्द्रित गराइराख्न कलाकारले गरेको मेहनत दर्शकको लागि रुचिकर थियो । बेला–बेलामा नाटकका विषयवस्तु, डाइलग, कलाकारको अभिनय मनपराउँदै दर्शकले हाँसोको फोहोरा छोड्दाको माहोल झनै रमणिय बन्यो ।

डेढ घण्टा लामो नाटकमा माओत्से गुरुङ, प्रकाश घिमिरे, प्रमिला तुलाचन, दिलप्रसाद गुरुङ, गोविन्द रमण पराजुली, वर्षाकेशव पराजुली, विभु भुषाल, बबिता मल्ल ठकुरी, विश्वराज पौडेल, अञ्जु दाहाल, सुर्य सुवेदी, सम्झना सिर्पाली, योजना पहारी, धुर्व रोका, धिरेन्द्र पुन, प्रतिक घिमिरेको अभिनय गरेका थिए । उनीहरुले अभिनय मार्फत दर्शकलाई आर्कषण गर्न सफल बने । फलस्वरुप दर्शकले एकटकले नाटक हेरि रहे ।

परिवर्तन कार्कीको संयोजनमा मञ्चन भएको यो नाटक साउन १६ गते सम्म हरेक साँझ ५ बजेबाट पोखरा गैह्रापाटनको गन्धर्व नाटकघरमा दैनिक मञ्चन हुनेछ । शनिबार अतिरिक्त सो १ बजे हुनेछ भने थिएटरसँगको समन्वयमा बुकिङ सो समेत देखाउने तयारी भएको आयोजकले जनाए । नाटक हेर्नका लागि विद्यार्थीका लागि २ सय, सर्वसाधरणका लागि ३ सय र पाँच सय रुपैयाँको टिकट लाग्नेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.