www.tandavnews.com
Fact ~ In search of truth

पोखरा २१– निर्मलपोखरी :स्कुल वरपर भइरहेको मदिरा तथा सुर्तिजन्य पदार्थ बेचबिखन रोक्न छलफल

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरपालिका २१– निर्मलपोखरीमा रहेका विभिन्न विद्यालयको नजिकै मदिरा तथा सुर्तिजन्य पदार्थ बेचविखन भइरहेको भन्ने गुनासो आएपछि वडा कार्यालयले त्यसबारे छलफल गरेको छ ।

विशेष गरि जनचेतन उच्च मा.वि र फुकुओका माविको छेउछाउमा मदिरा बेचबिखन गर्ने तथा सेवन गरि हल्ला गर्ने गरेको गुनासो बढेपछि त्यस विषयमा आज ( बुधबार) सुरक्षा निकायसँग छलफल गरिएको वडाध्यक्ष खगराज आचार्यले जानकारी दिए ।

Batas

शैक्षिक क्षेत्रको १ सय मिटर वरिपरि मदिरा तथा सुर्तिजन्य पदार्थ बेच्न नपाइने नेपाल सरकारको कानुन भएता पनि बेचबिखन नरोकिएको गुनासो बढेकाले यसबारे छलफल गरिएको वडाध्यक्ष आचार्यले ताण्डव न्यूजलाई जानकारी दिए ।

यस अघि ३/४ पटक व्यापारीलाई सुचना निकालि बेचबिखन रोक्न आग्रह गरिए पनि अटेर गरेर बेचबिखन गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउने विषयमा छलफल भएको उनले बताए ।
महानगर प्रमुख मानबहादुर जि.सी कोरिया भ्रमणमा रहेकाले मेयर जि.सी फर्किनासाथ यसबारे थप छलफल गर्ने वडाध्यक्ष आचार्यले जानकारी दिए ।

कानुनी शासनको अभावका कारण शैक्षिक क्षेत्र वरपर भईरहेका यस्ता नकारात्मक गतिविधि नियन्त्रण हुन नसकेको आचार्यको भनाई छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.