पोखरा ।
पोखरा प्रिमियर लिग लाई सुजुकी मोटरसाइकलले साथ दिने भएको छ ।
आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा रङ्गशालामा हुने प्रिमियर लिग सगँ सुजुकी मोटरसाइकर्ल एशोसियट पार्टनर को रुपमा गासिएको हो।
शनिबार (हिजो) एक कार्यक्रमको आयोजना गरी प्रतियोगिता आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र भिजी अटोमोबाइलका बजार व्यवस्थापक नवराज कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
नेपाली क्रिकेट इतिहासकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको रुपमा दाबी गरिएको पिपिएललाई सुजुकी मोटरसाइकलको आधिकारिक बिक्रेता भिजी अटोमोबाइलले प्रायोजन सम्झौता गरेको छ ।
सम्झौताअनुसार भिजी अटोमोबाइलले पिपीएललाई तीन थान मोटरसाइकल उपलब्ध गराउनेछ । सो मोटरसाइकल प्रतियोगिताका तीन विधागत तर्फका उत्कृष्ट खेलाडीले प्राप्त गर्नेछन् ।
प्रबन्ध निर्देशक लामाका अनुसार प्रतियोगिताको प्लेयर अफ द सिरिज, वेस्ट ब्याट्सम्यान र वेस्ट बलरले १५५ सिसीको सुजुकी जिक्सर मोटरसाइकल प्राप्त गर्नेछन् ।
नेपाली क्रिकेट इतिहासमा विधागततर्फका उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्न लागेको यो पहिलो पटक हो । प्रतियोगितामा छ टोली सहभागी हुँदैछ । रासस
फोटो : सुर्दशन रन्जित
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.