www.tandavnews.com
Fact ~ In search of truth

पोखरा प्रिमियर लिग आजदेखि ,उद्घाटन खेल पोखरा पल्टन vs विराटनगर टाइटन्स

पोखरा / ताण्डव न्युज

आज देखि पोखरामा सर्वाधिक पुरस्कार राशिको पोखरा प्रिमियर लिग पिपिएल शुरु हुदैँछ ।

पोखरा रगंशालाको क्रिकेट मैदानमा शुरु हुने प्रिमियर लिगको उद्घाटन खेलमा घरेलु टिम पोखरा पल्टन र विराटनगर टाइटन्स भिड्दैछन्। खेल ११ बजे बाट शुरु हुनेछ ।

Batas

त्यसैगरी दोस्रो दिन (कात्तिक १० गते)भोली शनिबार दुई खेल हुनेछन् । जसमा पहिलो खेल चितवन राइनोज र बुटवल ब्लास्टर्स तथा दोस्रो खेल काठमाडौँ रोयल्स र धनगढीबीच हुनेछ ।

कात्तिक ११ गते विराटनगरले धनगढीसँग प्रतिष्पर्धा गर्नेछ । सोही दिन अर्को खेलमा बुटवलले पोखरा पल्टनसँग खेल्नेछ । लिग चरणका शीर्ष चार टोलीले दोस्रो चरणमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको विजेताले २७ लाख रुपैँया पाउनेछ । उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ ।प्रतियोगिताको म्यान अफ द सिरिज उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले सुजुकी जिक्सर १ सय ५५ सीसीको मोटरसाइकल प्राप्त गर्ने छ ।

त्यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेले नगद १० हजार रुपैयाँ र प्रायोजकहरुबाट ५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । त्यस्तै, पीपीएलको हरेक खेलको विजेता टिमले रिलायन्स सिमेन्ट विनिङ बोनस स्वरुप नगद पुरस्कार १५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले समेत मान्यता दिइएको छ ।प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स्, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौं रोयल्स छन् ।

आज देखि शुरु हुने यो प्रतियोगिता आगामी २० गते सम्म पोखरा क्रिकेट मैदानमा जारी रहनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.