www.tandavnews.com
Fact ~ In search of truth

पोखरा फाइनान्सको शाखा अब बुटवलमा पनि

पोखरा ।

पोखरा फाइनान्स लिमिटेडले बुटवलमा शाखा विस्तार गरेको छ ।

पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड बुटवल उ.म.न.पा. ९, राजमार्ग चौराहामा नयां शाखा समुद्घाटन गरी सञ्चालनमा ल्याएको हो । राष्ट्रियस्तरको वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहकसेवा विस्तारका लागी शाखा विस्तार गरेको हो ।

शाखाको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा वित्तीय संस्थाका कार्यकारी प्रमुख रवि चन्द्र गुरुङले स्वागत एवं अध्यक्ष भुवनसिं गुरुङले धन्यवाद ज्ञापन गरेका थिए ।

चुक्ता पुजी ८५.७२ करोड रुपैँया रहेको वित्तीय संस्थाको हालसम्म ५ अर्व २ करोड निक्षेप तथा ४ अर्व ४१ करोड रुपैँया कर्जा लगानी गरेको छ । जगेडा कोषमा २४ करोड ९२ लाख रुपैँया रहेको छ ।

उक्त बुटवल शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा, मोबाइल बैकि· तथा सि–आस्वा लगायतका सेवा दिनुका साथै हालै सम्पन्न वित्तीय संस्थाको आ.व. २०७४र७५ को वार्षिक साधारण सभाबाट पारित भएको नगद तथा बोनस सेयर समेत गरी कुल १३.६८४ प्रतिशत मुनाफा वितरण गरिएको कार्यकारी प्रमुख रवि चन्द्र गुरुङले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.