www.tandavnews.com
Fact ~ In search of truth

पोखरा फुस्रेखोलामा पौडी खेल्दाँ डुबी एक महिलाको मृत्यु,एक घाईते

पोखरा ।

 

पोखरामा पौडी खेल्ने क्रममा खोलामा डुब्दा एक महिलाको ज्यान गएको छ ।

पोखरा महानगरपालिका–२२ खाल्सेचिसापानी स्थित रहेको फुस्रे खोलामा पौडी खेल्न गएका दुई महिला मध्ये एकको मृत्यु भएको हो । पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएको खबर पाउनासाथ नेपाल प्रहरीको उद्दार टोली घटनास्थलमा गई एक जनाको जिवितै उद्दार गर्न सफल भएको छ भने एक जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Batas

मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका घर भई पोखरा घुम्न आएकी २५ वर्षीया अनु भण्डारी रहेकी छिन् । अर्की सोही जिल्ला कै पनौती की २५ वर्षीया भावना बस्नेतलाई भने प्रहरीले घाईते अवस्थामा उद्दार गरी उपचारको लागि नमस्ते अस्पताल विरौटा पोखरा पठाईएको छ ।

यसैबीच मनाङमा सवारी दुर्घटना हुदाँ एकको मृत्यु भएको छ ।ङिस्याङ गाउँपालिका–२ घ्यारु स्थित कच्ची भित्री सडकमा घ्यारूबाट चामेतर्फ जार्दै गरेको ग१ज ७२७८ नं।को जीप सडकबाट अन्दाजी ५० मिटर तल खस्दाँ जीप चालकको ज्यान गएको हो ।

चालक हेटौडा बस्ने २२वर्षीय दाबादोर्जे स्याङताङको घटनास्थलमा नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.