www.tandavnews.com
Fact ~ In search of truth

पोखरा बागलुङ लोकमार्ग बुधबारबाट दैनिक साढे ६ घण्टा बन्द हुने

संजय रेग्मी
पर्वत / ताण्डव न्यूज ।

निर्माणाधिन मध्यपहाडी लोकमार्गका कारण पोखरा बागलुङ सडक खण्ड आज बुधबारदेखि दैनिक रुपमा साढे ६ घण्टासम्म बन्द हुने भएको छ ।

लोकमार्ग अन्तर्गत पर्वत खण्डमा पर्ने मोदी गाउँपालिकाको डिमुवादेखि बेतनी बीचको माहुरी भिर, कुश्मा नगरपालिका ८ को चुवा र कुश्मा नगरपालिका २ अर्मादीको भिरमा एकैसाथ कटान सहित बाटो चक्लाउने काम शुरु भएकोले सड्क बन्द हुने भएको सडक निर्माण कम्पनी लामा कन्सट्रक्सन प्रा.लि.ले जानकारी दिएको छ । कम्पनीका अनुसार सडक खण्ड बिहान १० बजेदेखि दिउसो साढे २ बजेसम्म र अपरान्ह साढे ४ बजेदेखि साँझ साढे ६ बजेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

Batas

कटान पनि एकै पटक गर्ने गरि व्यवस्था मिलाउने निर्णय गरेको छ । साथै वैकल्पिक सडक खोल्न सकिने ठाउँहरुमा बैकल्पिक सडक निर्माण गरि यातायात सेवालाई संचालन गराउने गरि तय गर्न मध्य पहाडी लोकमार्ग कायान्वयन ईकाई पर्वत र निर्माण कम्पनी लामा कन्ट्रक्सनलाई व्यवस्था गर्न आग्रह गरेको छ ।

आयोजनाको पर्वतको प्रवेशद्वार देखि मालढुंगासम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरोन्नतीको काम लामा कन्सट्रक्सन प्रा.लि.ले जिम्मा लिएको छ । कम्पनीले ८३ करोड ९८ लाख रुपैयामा पर्वत खण्ड स्तरोन्नतीको कामको ठेक्का लिएको छ। अहिले सम्म ३३ प्रतिशत काम सकिएको म्यानेजर गोबिन्दप्रसाद भुसालले जानकारी दिए । ‘हामीले असार सम्ममा ९० प्रतिशत काम सक्ने लक्ष्य सहित काम गरिरहेका छौँ,’ भुषालले भने ।

मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ्ग खण्ड लाई नयाँ स्वरुपमा ढाल्ने गरि मर्मत सम्भार तीब्र पारिरहेको छ । लोकमार्ग पूरै नयाँ स्वरुपमा बिस्तार र स्तरोन्नती गर्न चारवटा प्याकेज बनाएर काम भैरहेको छ । मध्यपहाडी सडक आयोजनाले दिएको जानकारी अनुसार तीन वर्ष पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पूरै नयाँ बन्नेछ । सवारी साधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँठाउँमा जाम समेत हुने गरेको थियो। साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी संचालनमा समेत जोखिम थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.