www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-बाग्लुङ राजमार्गमा ट्राफिक प्रहरी पोष्ट

कास्की ।

पोखरा महानगरपालिका वडा नं ५ स्थित पोखरा–बाग्लुङ भूपि शेरचन राजमार्गमा अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको छ ।

राजमार्गको जिरोकिमीदेखि विन्ध्यवासिनी मन्दिरसम्मको तीन किलोमिटर सडकमा दिनहुँ हुने दुर्घटना न्यूनीकरण गर्न उक्त महानगरले राजमार्ग संगैको चिल्ड्रेन पार्कमा प्रहरी पोष्ट स्थापना गरेको हो ।

Batas

पोखराको अन्य क्षेत्रको तुलनामा सो सडक खण्डमा दुर्घटना बढेकाले त्यसलाई कम गर्न प्रहरी पोष्ट स्थापना गरिएको उक्त वडाका वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए ।

दुई वर्षअघि सो सडक फराकिलो बनाएर चार लेनको बनाएपछि दुर्घटना पनि बढ्दै आएकाले स्थानीयवासी सधँै त्रासमा बस्नुपरेको सोही स्थान निवासी मीनबहादुर जिसीले बताए ।

रु १४ लाख २५ हजारको लागतमा निर्माण भएको तीन कोठाको उक्त पोष्टमा हाल प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० ट्राफिक प्रहरीको दरबन्दी राखिएकोे जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।(रासस)

–––

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.