www.tandavnews.com
Fact ~ In search of truth

पोखरा भलाम मौजाका दलित युवालाई ड्राईभिङ तालिम

सुशान्त गाहा मगर,
ताण्डव न्यूज ।

बिपन्न परिवारका दलित युवाहरुको लागि पोखरा महानगरपालिका वडा नं २० भलाम मौजाले वडास्तरिय दलित युवा क्षमता बिकास तथा ड्राईभिङ तालिम सुरु गरेको छ ।

आत्मनिर्भर तथा स्वरोजगार सिर्जना गराउने उद्देश्यसहित वडा नं २० को दलित संजाल समितिले एक महिने ट्याक्सी ड्राईभिङ तालिम आज (बिहिबार)बाट सुरु गरेको हो । आस्था ड्राईभिङ ईन्सिच्युटमा सञ्चालन हुने उक्त तालिमको उद्घाटन प्रशिक्षार्थीलाई ट्याक्सीको चाँबी हस्तान्तरण गरी वडा नं २० का अध्यक्ष सिम गुरुङले गरे ।

सो अबसरमा बोल्दै गुरुङले दलित लक्षित कार्यक्रम अन्तर्गत सो तालिम सञ्चालन गरेको बताए । उनले तालिममा १८ जनाले प्रशिक्षण लिने बताउँदै आत्मनिर्भर र स्वरोजगारमा उक्त तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताए । “हामी दलित युवाहरुलाई मात्र होईन, उनले भने­– “आगामी बर्ष सबै समुदायका महिलाहरुलाई लक्षित गरी ब्यबसायिक तालिमको पनि ब्यबस्था गर्नेछौ, हाम्रो वडाका आम नागरिकलाई आत्मनिर्भर बनाउने समेत वडाको लक्ष्य रहेको छ ।” गुरुङले ड्राईभिङ अतिआवश्यक रहेको उल्लेख गर्दै दलित लक्षित कार्यक्रम अन्तर्गत सो तालिमका लािग २ लाख बजेट बिनियोजन गरेको बताए ।

उनले ट्याक्सी ड्राईभिङ आधारभुत आवश्यकता भएकाले दलित युवाहरुलाई बिशेष प्राथमिकतामा राखेर तालिम प्रदान गरेको धारणा राखे । “तपाईहरु भित्री मनबाटै सिक्नुुस, अनि दक्ष भएर निस्कनुस् तपाईको सीप बैदेशिक रोजगारका लागि पनि अति उपयोगी हुन्छ, त्यसैले यो तालिम एकदमै महत्वपुर्ण छ सिरियस भएर सिक्नुस्” गुरुङले भने । उनले दक्ष प्रशिक्षकको साथमा प्रशिक्षार्थीहरुलाई सिकाउनको लागि ड्राईभिङ ईन्सिच्युटलाई आग्रह गर्दै सहयोगका लागि धन्यवाद समेत ब्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा वडा नं २० का वडा सदस्य भिम प्रसाद बास्तोला, लक्ष्मी सुबेदी, तालिमका संयोजक तथा कार्यपालिका वोर्ड सदस्य मनभुजा बिश्वकर्मा, ड्राईभिङ ईन्सिच्युटका सञ्चालक पूर्ण बहादुर गुरुङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

दलित संजाल समिति वडा नं २० का अध्यक्ष प्रदिप बिकको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सञ्चालन अनिल बिश्वकर्माले गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.