www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरको फोहर डम्पीङ गर्दा मृत वालक फेला

 

 

पोखरा ,
ताण्डव न्यूज ।

पोखरामा तन्नामा पोको पारेको फोहोरसँगै एक वालकको शव भेटिएको छ ।

Batas

पोखरा महानगरपालिका १७ को विरौटा स्थित अन्नपूर्ण मार्ग र यज्ञशालामार्गमा फोहोर संकलन गरिएको फोहोर फाल्ने क्रममा उक्त वालकको शव पनि महानगरको फोहोर फाल्ने गाडीमा फालिएको हो । गत पुस २२ गते संकलन गरिएको फोहोर हिजो २३ गते डम्पीङ साइडमा फोहोरको प्रकार छुट्याउने कर्मचारीले तन्नाले बेरेको शव भेट्टाएका हुन् ।

नवजात शिशु छोरा रहेको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायक उपरिक्षक गोविन्द पुरीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान जारी रहेको पुरीले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.