www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरपालिकाको गेटमा लगाएको ताला खुल्यो

पोखरा,
ताण्डव न्यूज ।

बजेट बिनियोजनमा भेदभाव गरेको भन्दै पोखरा महानगरपालिकाको गेटमा लगाएको तालाबन्दी फिर्ता भएको छ ।

काँग्रेसबाट निर्वाचित वडाअध्यक्षहरुले गरेको तालाबन्दी वडागत रुपमा अत्यावश्यक योजना हेरफेर गर्ने सहमति पछि खोलिएको हो ।

Batas

विभेदको बिरोधमा काँग्रेसतर्फका वडाध्यक्षले हिजो दिनभर महानगर गेट बाहिर धर्ना र नाराबाजी गरेपनि मेयरले कुनै गरेका थिए भने बजेट बिनियोजनमा विभेद भएको भन्दै रेडबुक समेत च्यातेका थिए ।

आज बिहान पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरुलाई महानगरको गेटमा लगाएको ताला खोल्न आग्रह गरेका थिए ।

पोखरा महानगरले ७ अर्ब ५४ लाखको बजेट ल्याएको छ । बजेट माथी छलफल नै नगरी एकलौटी ढंगबाट मेयरले पारित गरेको कांग्रेसबाट निर्वाचितहरुको आरोप रहेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.