www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरमा कांग्रेस निकट प्रतिनिधीले लगाए ताला (भिडियो सहित)

पोखरा महानगरपालिकामा काङ्ग्रेस बाट वडा अध्यक्ष तथा निर्वाचन जितेकाहरुले ताला लगाएका छन । महानगरको बजेटमा उपेक्षा गरेको भन्दै उनिहरुले बुधबार महानगरको रातो किताब च्यातेका थिए ।

Gepostet von Tandav News am Mittwoch, 26. Juni 2019

Batas

कांग्रेस निकट जनप्रतिनिधीले पोखरा महानगरमा ताला लगाएका छन् । पोखरा महानगरले केहि दिन अघि प्रस्तुत गरेको नीति कार्यक्रम र बजेट (रेडबुक) सच्याउन माग गर्दै कांग्रेसको उमेद्वार बनी निर्वाचित वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधीहरुले बिहीबार १० बजे महानगरको गेटमा ताला लगाएका हुन् ।

महानगर प्रमुख मानबहादुर जीसीले महानगरको बजेट माथी छलफल नै नगरी पारित गरेको भन्दै कांग्रेस निकट जनप्रतिनिधीले विरोध जनाएका छन् । उनीहरुले बुधबार रेडबुक नै च्यातेका थिए ।

‘बजेट प्रस्तुत गरेर त्यसमाथी छलफल नै नगरी पारित गर्ने कति सम्मको ज्याजती हो यो, मेयर सापलाई हामीले छलफल डाक्नुस भन्दा मन लाको गर्नुस भन्ने, धम्क्याउने गर्नु भने,’ वडा नम्बर ९ का वडा अध्यक्ष रामराज लामिछानेले भने ।

उनले आफुहरु पनि जनताले नै चुनेर आएको जनप्रतिनीधि भएको महानगर प्रमुखले विर्सेको आरोप लगाउँदै त्यसको मूल्य चुकाउन बाध्य हुने समेत बताए । महानगरमा बजेटबारे छलफल नै नगरी मेयरको बलमा पारित गरिएको आरोप छ । ।

पोखरा महानगरले मंगलबार ७ अर्ब ५४ लाखको बजेट प्रस्तुत गरेको थियो । उक्त बजेट आएपछि बुधबार बिनीयोजन विद्येयक नै पारित भइसकेको छ ।

‘बजेट आएपछि छलफल गर्नुपर्दैन,’ वडा नम्बर ४ का अध्यक्ष शंकर बास्तोलाले भने, ‘नीति तथा कार्यक्रम आएपछि बजेट ल्याइयो । बजेटमा आफ्ना कुरा राख्न नपाउने कहिँ हुन्छ । तानाशाही शासन जस्तो लाद्न खोज्ने ? एक त बजेट वितरण गर्दा सत्ता पक्षको जनप्रतिनिधी र विपक्षीको भनेर भेदभाव गरिएको छ ।

जनताको करबाट आएको पैसामा सबैको उत्तिकै हक लाग्छ । एउटा वडाको जनताले थोरै अर्काेले धेरै पाउने हुनै हुँदैन । आवश्यकता हेरौँ ।’ मेयरले छलफल गरौँला भनेर झुक्याएको उनीहरुको आरोप छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.