www.tandavnews.com
Fact ~ In search of truth

पोखरा म्याराथनको उपाधी आर्मीका हरि कुमारलाई

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा भएको सफल पोखरा म्याराथनको उपाधी नेपाली सेनाका हरिकुमार रिमालले हात पारेका छन् । ४२ किलोमिटरको दुरी दुइ घण्टा ४०.१० सेकेण्डमा पुरा गर्दै रिमालले उपाधी हात पारेका हुन् । उनलाई पच्छ्याएका शसस्त्रका खिम बहादुर खत्रीले दुइ घण्टा ४०.२० सेकेण्डा पुरा गरेर दोस्रो भए । त्यस्तै नेपाल प्रहरीका भूमीराज राईले २ घण्टा ४१ मिनेट १७ सेकेण्डमा दुरी पुरा गरी तेस्रो स्थानमा चित्त बुझाए । चौँथो बनेका नेपाली सेनाका पूर्ण तामाङले २ घन्टा ४२ मिनेट ५५ सेकेन्डमा दौड पूरा गरे ।

पहिलो, दोस्रो, तेस्रो र चौँथो भएका खेलाडीले क्रमश १ लाख रुपैयाँ र ट्रफी, ७० हजार रुपैयाँ, ५० हजार रुपैयाँ र ७ हजार रुपैयाँ हात पारे ।

भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको उक्त पोखरा म्याराथनको १० किलोमिटर तर्फको दौडमा नेपाली सेनाले कब्जा ग¥यो । १० किलोमिटर दौडमा पहिलो दोस्रो र तेस्रोमा नेपाली सेनाका विकास कार्की, राजन रोकाया र शिवबहादुर रायमाझीले जित हाँसिल गरे ।

त्यस्तै १० किलोमिटर कै महिला तर्फको दौडमा नेपाल प्रहरीकी राजपुरा पसाईं, सशत्र प्रहरी बलकी बृन्दा श्रेष्ठ, र नेपाली सेनाकी सरिता वंशी क्रमश पहिलो, दोस्रो र तेस्रो भए ।त्यस्तै पोखरा म्याराथनको पाँच किलोमिटर दौडमा पुरुष तर्फ शहीद स्मृति माध्यामिक विद्यालयका तुलबहादुर घर्तीमगर पहिलो र बेसलाइन एकेडेमीकी ललिता लामिछाने महिला तर्फको उपाधी हात पारे । उनीहरुले समान पाँच–पाँच हजार रुपैयाँ हात पारे ।

पोखरा म्याराथन अन्तरगतकै ४०० मिटर पुरुष ह्विल चियर दौडमा सुरेश गौली, भरत अधिकारी र हेमबहादुर गुरुङ क्रमश पहिलो, दोस्रो र तेस्रो भए । महिलातर्फ भने लक्ष्मी सुनार, अञ्जु बराल र पवित्रा विक क्रमश पहिलो, दोस्रो र तेस्रो भए । बिजयी हुनेहरुले पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ हात पारे । पोखरा म्याराथनमा रन फर फन नारा दिइएको थियो ।

त्यस्तै एक सय मिटर दृष्टिविहिनहरुको दौडमा वी वान पुरुष तर्फ आदेश बस्याल पहिलो, सुनील राना दोस्रो र प्रेम क्षेत्री तेस्रो भए । यस्तै वी टु प्रतिस्पर्धामा दुर्गादत्त पौडेल पहिलो, आशिष खड्गी दोस्रो र राम गुरुङ तेस्रो भए । यसमा पहिलो हुनेले पाँच हजार, दोस्रोले तीन हजार, तेस्रो हुनेले २ हजार रुपैयाँ हात पारे । दृष्टिविहीन महिलातर्फको वी वानमा रितादेवी थापा, बिपना खनाल र माया गौतम पहिलो, दोस्रो र तेस्रो भए । वी टु तर्फ बिनिता पुन, सरिता घिमिरे र सुकु बिक पहिलो, दोस्रो र तेस्रो भए । उनीहरुले पनि पाँच, तीन र दुई हजार रुपैयाँ पाए ।

मंगलबार विहान ६ः३० बजे सुरु भएको सफल पोखरा म्याराथनमा मुख्यमन्त्री पृथ्वी सुब्बाले पोखरा रंगशालामा एक राउण्ड दौडिएर उद्घाटन गरेका थिए । भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज गुरुङले म्याराथनलाई गण्डकी प्रदेशले नै खेल पर्यटनको महत्वपूर्ण कडी भएको बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.