www.tandavnews.com
Fact ~ In search of truth

पोखरा म्याराथनलाई मुख्यमन्त्री गुरुङको संरक्षकत्व

पोखरा ।

पोखरामा आगामी फागुन ७ गते भूतपूर्व खेलाडी मंच नेपालको आयोजनामा हुने “१३ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७५” लाई गण्डकी प्रदेशका मुख्यमन्त्रि पृथ्बी शुब्बा गुरुङले प्रमुख संरक्षकत्व प्रदान गरेका छन ।

प्रमुख संरक्षकत्व प्रदान गरेको पत्रमा गण्डकी प्रदेशको आन्तरिक तथा वाह्य पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले आयोजित पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई भव्यताका साथ सफल बनाउन पनि मुख्यमन्त्रि गुरुङले आह्वान गरेका छन ।

Batas

संरक्षकत्व प्रदान गरिएको पत्रमा गण्डकी प्रदेशकको राजधानी पोखरामा फागुन ७ गते आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय  म्याराथनमा गण्डकी प्रदेशका सबै खेलप्रेमीहरुलाई सहभागी हुन र सफलतापूर्वक सम्पन्न गर्न उनले आह्वान गरेका छन ।

स्मरिणय के छ भने गत वर्ष आयोजना भएको १२ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा समेत मुख्यमन्त्रि गुरुङ ‘रन फर फन’ मा सहभागी भएर पोखरा म्याराथन प्रती एकेवद्धता जनाएका थिए । खेलकुदमा एकैदमै रुची राख्ने मुख्यमन्त्रि गुरुङ पोखरा लगाएत प्रदेशका कुनै पनि जिल्लामा आयोजना हुने खेलकुद कार्यक्रमहरुमा सहभागिता जनाएर एकेवद्धता प्रकट गर्छन ।

फायल फोटोः सुदर्शन रंजित

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.