पोखरा,
ताण्डव न्यूज ।
काठमाण्डौँ पोखरा सहित देशका धेरै भागमा बिहीबार आज बिहानैदेखि वर्षा भइरहेको छ ।
हिमाली भेगका जिल्लामा हिमपात भइरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ । यसपाली हिउँदे वर्षा अलि बढि नै भएकाले पहाडी र हिमाली क्षेत्रमा बाढी पहिरो जान सक्ने खतरा रहेको मौसम विभागले जनाएको छ । मौसम विभागको अनुसार वर्खामा जत्तिकै बाढीपहिरोको जोखिम नभए पनि सतर्कता अपनाउन आग्रह गरेको छ ।
पुर्वानुमान अनुसार पश्चिमका केही क्षेत्रमा भारी वर्षा भयो भने खहरे खोलाहरु बढ्ने तथा कतिपय ठाउँमा पहिरो ,हिमपहिरो जाने,बाटो भत्कने, सम्भावना छ ।
सांकेतिक तस्बिर :गुगलबाट
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.