www.tandavnews.com
Fact ~ In search of truth

पोखरा १३ मा सुरु भयो ‘जीरो वेस्ट’ अभियान, फोहोर बन्दैछ मोहोर

सुशान्त गाहा मगर
ताण्डव न्यूज, पोखरा ।

पोखरा महानगरपालिका वडा नं १३ ले फोहोरलाई मोहोरमा बदल्न फोहोर मुक्त (जीरो वेस्ट) अभियान सुरु गरेको छ ।

शुक्रबार बाल कल्याण माबिमा आयोजना गरिएको एक कार्यक्रमका बिच डस्टबिन बिद्यालयका प्रध्यानाध्यापकलाई हस्तान्तरण गर्दै अभियानको थालनी गरेको हो ।

Batas

सो अवसरमा वडा अध्यक्ष दर्शन लामाले पहिलो चरणमा दुई टोलमा अभियानको प्रारम्भ गर्ने बताए । उनले आगामी भदौमा फोहोर मुक्त टोल घोषणा गर्ने लक्ष्य सहित अभियान सुरु गरेको उल्लेख गरे । वडालाई नै जेरो वेस्टको रुपमा बिकसित गरि घोषणा गर्ने लक्ष्य सहित सुरु गरिएको अभियानका लागि ६ लाख ५६ हजार बजेट बिनियोजन गरेको जानकारी दिए ।

उनका अनुसार ४७ टोलहरुमध्ये बाकि ४५ टोलहरुमा दोस्रो चरणमा अभियान थालिनेछ । लामाले यो अभियान सम्पन्न गर्न चुनौती रहेको बताउदै सन्देशमुलक कार्यक्रम रहेकोले वडाबासीलाई नै परिचालित गरेको उल्लेख गरे ।

‘मुख्यतः सन्देश प्रवाह गर्नु हो, उनले भने ‘घरमै निस्केको फोहोरलाई मोहोरमा बदल्नका लागि एउटा माध्यम मात्रै बन्ने प्रयास गरेका हौ र यो बिषयमा चेतना जगाउने हो भने बिस्तारै फोहोर मुक्त हुन सक्छ र हामी घोषणा समेत गर्छौ ।’ उनले हरेक हप्ता नकुहिने फोहोरहरु (प्लास्टिक, सिसा, बोटल ईत्यादी) पोखरा वेस्ट मयानेजमेन्ट रिसाईकल प्रालिलाई बिक्रि गरिने बताउदै प्रति किलो १० देखी ४५ सम्म पर्ने बताए ।

उनले अभियानलाई सफल र प्रभावकारी बनाउनका लागि फिल्ड सुपरभाईजरका रुपमा नबिना क्षेत्रीलाई जिम्मेवारी दिएको बताए । उनका अनुसार क्षेत्रीले दैनिक रुपमा अभियान चलाईएको टोलमा पुगेर फोहोर ब्यबस्थापनमा सहजीकरण गर्नेछिन । अध्यक्ष लामाले कृष्ण कुमारी गुरुङको संयोजकत्वमा सुरु भएको अभियानलाई पुर्णता दिनका लागि फोहोरमैला ब्यबस्थापन बिशेषज्ञ छबि गौडेलको बिशेष भुमिका रहेको बताए ।

त्यस्तै फोहोरमैला ब्यबस्थापन बिशेषज्ञ छबि गौडेलले बढ्दो फोहोरमैलालाई पुर्ण रुपमा मुक्त पार्नका लागि उचि ब्यबस्थापनको आवश्यक पर्ने बताउदै अभियान नै थाल्नुपनेको उल्लेख गरे । सर्बेक्षणको तथ्याङ्क अनुसार ५ जनाको परिवार रहेको घरबाट प्रतिदिन २ किलो कुहिने फोहोर निस्कने गरेको उनले बताए । फोहोर ब्यबस्थापनका लागि तिन प्रकारको डस्टबिन प्रदान गरिएको बताउदै उनले रातो रङको डस्टबिनमा सिसाजन्य (नकुहिने) पहेलो वा निलोमा आधा कुहिने÷नकुहिने र हरियो डस्टबिनमा पुर्ण रुपमा कुहिने फोहोरहरु राख्नुपर्ने बताए ।

उनका अनुसार पहिलो चरणको अभियानबाट दुई टोलका ३ सय १ र बालकल्याण माबिका ७ सय ४९ गरि कुल १ हजार ५० जना लाभान्वित हुनेछन भने वडाभरिका ३ हजार ३ सय ६० घरधुरीका १८ हजार ८ सय १६ र १५ बिद्यालयका ५ हजार २ सय ६० बिद्यार्थी गरि कुल २४ हजार ७६ जना लाभान्वित हुनेछन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.