www.tandavnews.com
Fact ~ In search of truth

पोखरा २१ का अध्यक्ष खगराज आचार्यमाथी हातपात

पोखरा ।
पोखरा २१ का वडा अध्यक्षमाथी हातपात भएको छ ।आइतबार आज राष्ट्रबैंक चोकमा रहेका वडा अध्यक्ष खगराज आचार्यमाथी दाताराम आचार्यले हातपात गरेका ह्ुन् । हातपात भएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले पुष्टि गरे । कुटपिटमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कुटपिटमा संलग्न आचार्य पहिले वडा २१ कै हुन। अहिले बसाइँसरेर वडा १७ बस्दै आएका छन् । ‘राष्ट्रबैंक चोकमा जुस खाइरहेको थिएँ’ वडा अध्यक्ष आचार्यले भने, ‘रक्सी खाएर आएको रहेछ। मलाइ उ आको पनि थाहा थिएन । एक्कासी पछाडीबाट आएर गर्धनमा हान्यो । त्यही वरिपरि भएकाहरुले मलाई बचाए ।’
प्रत्यक्षदर्शी एकले पनि वडाअध्यक्ष माथी हातपात भएको बताए । उनले नाम उल्लेख नगर्न भन्दै भने, ‘वडाअध्यक्षले जुस खाइरहको देखेका थियौँ । एक्कासी त्यो मान्छे आएर गर्धनमा हान्यो हाम्ले थप कुटपिट हुन दिएनौँ ।’ आचार्य नेकपाबाट उमेद्वार बनेर अध्यक्ष पदमा निर्वाचीत भएका हुन। उनलाई कुटपिट गर्नेपनि नेकपाकै कार्यकर्ता भएको स्रोतले जानकारी दियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.