www.tandavnews.com
Fact ~ In search of truth

पोखरा ८ का वृद्धा भन्छन् ‘मलाई पाल्ने छोरी विद्या हुन्’

पोखरा।

चाउरी परेको अनुसार तर हसिलो मुहार । उमेरले झण्डै ७० कटेकी आमा घरबाट बाहिर सकडमा आइन् ।गाडीमा घन्कीएको गीत र नाराले उनलाई घरबाट बाहिर निस्कन बाध्य पा¥यो । उनी थिइन पोखरा महानगरपालिका वडा नम्वर ८ की यराधादेवी चालिसे । आफु तीर आउदै गरेका एक हुल मान्छेलाई टाढैबाट नियाल्दै थिइन् ।

सवैका हातमा झण्डा अनि उम्मेदवारका फोटो अंकित प्रचा थिए । कोही गीतको तालमा नाच्दै थिए । कोही दायाँबायाँ घरमा पस्दै भोट दिन आग्रह गदै थिए ।सडक छेउमा उभिएकी ती आमासंग भोट माग्न केहीका खुटटा लम्किए । उनीहरुले चालिसेका अगाडी पुगेर भने आमा भोट नेकपाका उम्मेदवार विद्या भटराई अधिकारीलाई दिुनहोला है ।

यही पार्टीले हो तर्पाहरुलाई बृद्धा भत्ता दिएको भन्न नपाउँदै चालिसेले भनिन, ‘हो बाबु मलाई पाल्ने अव तीनै छोरी हुँ । मलाई आफ्नाले त पाल्दैनन् ।’ उनले अझै थपिनन, हामी जस्ता बुढाबुढी पाल्ने पार्टीलाई भोट दिने त हो नी । मलाई पाल्ने छोरी नै विद्या हुन ।

मैले त यीनै नानीलाई भोट हाल्छु । हिजो रवीन्द्र बाबुले पनि राम्रो गरेका थिए उनले भनिन, ‘तर उनको निधन भयो गर्छु भनेका अधुरा काम छन् त्यसैले ती अधुरा काम गर्न विद्यालाई जिताउनुपर्छ मेरो आर्शिवाद छ ।’ मंसिर १४ गते हुने कास्की क्षेत्र नम्वर २ को उपनिर्वाचनमा आफना उम्मेदवारलाई अत्याधिक मतले विजयी गराउन पोखरा ८ ले घरदैलो गदै प्रचारलाई आक्रामक बनाएको छ ।

मतदातालाई आफनो पक्षमा पार्न नेकपाले वडाका टोल टोलमा कार्यकता परिचालन गरेको छ । वडाभित्र टोल कमिटि गठन गरेर उम्मेदवार भन्दा पहिला कार्यकतालाई मतदाताका घर पुर्याउने र त्यसपछि उम्मेदवार सहित घरदैलो गर्ने रणनीति सहित चुनावी अभियानमा जुटेको छ ।

सोही योजना अनुसार पोखरा महानगरपालिका वडा नम्वर ८ ले शुक्रबार पहिलो चरणमा कार्यकताले घरदैलो गदै मत मागे । वडा नम्वर ८ को चुनावी कमाण्ड समालेका नेकपा केन्द्रीय सदस्य शारदाप्रसाद सुवेदी, नेकपा जिल्ला सदस्य एवं निर्वाचन परिचालन उपसमिति संयोजक मञ्जुदेवी गुरुङ सहित घरदैलो गरेको छ ।

सृजनाचोकमा रहेको निर्वाचन प्रचार कार्यालयबाट सुरु भएको घरदैलो चासिलेचोक, जनप्रयि स्कुल, रत्नचोक, फिर्के, सृजनाचोक, सभागृहचोक, नागढुङगा, शिवालयचोकमा घरदैलो गरिएको नेकपा वडा नम्वर ८ का अध्यक्ष लक्ष्मीप्रसाद सुवेदीले जानकारी दिए ।

भने, ‘उम्मेदवार सहित घरदैलोमा जानुभन्दा पहिला हामी कार्यकताहरुलाई जनताको घरघरमा पठाउने र त्यसपछि उम्मेदवार सहित जाने योजना बनाएका छौ ।’ उनका अनुसार पहिलो एकसरो कार्यकताहरु मतदाताकोमा पुगेर उम्मेदवारका बारेमा जानकारी गराउनुहुन्छ अनि हामी उम्मेदवार सहित जान्छौ ।

प्रचारप्रचार अन्तर्गत आइतबार उम्मेद्वारसहित घरदैलो र दुई स्थानमा चुनावी कोणसभा गरिने नेकपा वडा अध्यक्ष लक्ष्मीप्रसाद सुवेदीले बताए । वडाको चालिसेचोक र बगालेटोलमा कोण सभा गरिने भएको छ । उनले भने, ‘विहान चालिसेचोकमा र बेलुका बगालेटोलमा कोण सभामा गर्दछौ ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.