www.tandavnews.com
Fact ~ In search of truth

प्रगतिनगर खानेपानीमा खिमानन्द भुसाल प्यानल विजयी

नवलपुर ।

देवचुली नगरपालिका स्थित प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा खिमानन्द भुसालको प्यानल विजयी भएको छ ।

तीन बर्षे कार्यकालका लागि खानेपानी संस्थामा राजनैतिक दलहरुले आ आफ्नो प्यानल खडा गरेका थिए । नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार बनेका खिमानन्द भुसाल नेपाली काँग्रेस पार्टीका उम्मेदवार ढाकाराम भट्टराई भन्दा ८७ मत धेरै ल्याएर विजयी भएका हुन् । भुसालले एक हजार तीन सय ८० र भ्टराईले एक हजार दुई ९३ मत ल्याएका थिए ।

Batas

भुसाल प्यानलका सचिवमा इन्द्रमणी भुसाल विजयी भएका छन् । अर्का उम्मेदवार गोबिन्द खनाल भन्दा ३९ मत बढी ल्याएर इन्द्रमणी भुसाल विजयी भएका हुन् । भुसाल प्यानलले नौ वटा ब्लक मध्ये पाँच वडा ब्लकमा विजयी हासिल गरेको छ भने भट्टराई प्यानलले चारवटा ब्लकमा विजयी हासिल गरेको छ ।

साविक प्रगतिनगर गाविसका नौ वडालाई अहिले ब्लक मानिएको हो । निर्वाचन समितिका संयोजक होमनाथ जैसीका अनुसार ब्लक नम्बर १ मा कृष्णबहादुर थापा , ब्लक नं. २ मा टोपप्रसाद न्यौपाने, ब्लक नं. ३ मा लिलादेवी शर्मा, ब्लक नं. ४ मा रुक्मागत भुसाल , ब्लक नं. ५ मा यमबहादुर थापा, ब्लक नं. ६ मा सावित्री तिमिल्सेना, ब्लक नं. ७ मा कृष्णबहादुर चपाई,ब्लक नं. ८ मा टुपेन्द्र लामा र ब्लक नं. ९ मा विना वराल मगर र लेखा समितिको संयोजकमा मथुराप्रसाद श्रेष्ठ , सदस्यहरुमा लक्ष्मी तिवारी र अनिता मिश्र बस्याल निर्वाचित भएका हुन् ।

ब्लक नम्बर २,४,५,८ र ९ ब्लकमा भुसाल र १,३,६,७ र लेखा संयोजकमाा भट्टराई प्यानलका उम्मेदवारहरु विजयी भएका हुन् । शनिवार भएको निर्वाचनको मत परिणाम आइतबार विहान सार्वजनिक गरिएको हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.