www.tandavnews.com
Fact ~ In search of truth

प्रचण्ड र गृहमन्त्री म्याग्दीको गलेश्वर मन्दिरमा (फोटो फिचर)

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र गृहमन्त्री रामबहादुर थापाले धार्मिक रुपमा प्रसिद्ध रहेको म्याग्दीको गलेश्वर मन्दिरको संयुक्त रुपमा अवलोकन गरेका छन् ।

प्रचण्डकी धर्मपत्नी सिता दाहाल लामो समयदेखि नसाकाे समस्या देखिएपछि चिकित्सकको सुझाव अनुसार म्याग्दीको तातोपानी कुण्डमा स्नान गराउनको लागि प्रचण्ड म्याग्दी पुगेका हुन्।

Batas

प्रचण्डसंगै छोरी गंगा दाहाल, स्वकीय सचिव जोगबहादुर महरा, गृहमन्त्री रामबहादुर थापा (बादल), उनकी धर्मपत्नी नैनकला थापा, छोरी ज्वाँई सहित २४ जनाको टोली हिजो म्याग्दी पुगेको थियो । गृहमन्त्री थापाले भने जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ ।

अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाले गलेश्वर मन्दिरमा झण्डै १५ मिनेट समय बिताएपछि मन्दिरका पुजारीबाट फूलप्रसाद र टिका ग्रहण गरेका थिए । अवलोकन टोलीलाई ९ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि रहेको गलेश्वर मन्दिर संगै ढुंगामाथि कहिल्यै नसुक्ने जलकुण्ड, चट्टानमाथि पलाएका शिला लगायतको समेत अवलोकन गराईएको थियो ।

त्यस क्रममा कोषले अध्यक्ष दाहाल र गृहमन्त्री थापालाई सम्मान समेत गरेको छ ।

प्रचण्ड र गृहमन्त्रीको टोलीले गलेश्वर मन्दिरपछि रघुगंगा गाउँपालिका ३ तिल्केनी चौरमा निर्माणाधीन अवस्थामा रहेको ४० मेगावाट क्षमताको जलविद्युत आयोजनाको पनि निरीक्षण गरेको छ ।

२०६६ सालदेखि निर्माण सुरु गरिएको राहुघाट जलविद्युत आयोजनाले निर्माणको गति लिन नसकेपछि यसअघिको ठेकदार कम्पनीसँग ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियामार्फत पुनः निर्माण कार्य थालिएको छ ।

यसैगरी, अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाले म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनीबजार संरक्षण आयोजनाको पनि स्थलगत रुपमा अवलोकन गरेका छन् । उनीरुले भदौको अन्तिम साता कालीगण्डकी नदीमा आएको बाढीका कारण भत्कीएको तटबन्धको स्थलगत रुपमा अवलोकन गरेका हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.