www.tandavnews.com
Fact ~ In search of truth

प्रजातन्त्रमा जनता सर्वोच्च :राप्रपा अध्यक्ष लोहनी

काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा .प्रकाशचन्द्र लोहनीले प्रजातान्त्रिक व्यवस्थामा जनता सर्वोच्च हुने भएकाले सरकार उनीहरुप्रति उत्तरदायी हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

उनानसत्तरी औँ प्रजातन्त्र दिवसका अवसरमा जारी विज्ञप्तिमा देश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्दै उनले देश र जनतालाई समृद्ध बनाउन प्रजातान्त्रिक मूल्य र मान्यताको शासन प्रणाली शुरुआत भएको आजको दिनको विशेष महत्व रहेको बताएका छन् । विज्ञप्तिमा कानूनी शासन, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता, मानव अधिकारजस्ता विशेषताको सम्र्वद्धन गरी जनताका अधिकार संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ ।

सोही पार्टीका अर्का अध्यक्ष पशुपति शम्शेर जबराले पनि प्रजातन्त्र दिवसका अवसरमा जनताका हकहित, अधिकारका प्राप्तिका लागि पार्टी प्रतिबद्ध रहेको बताउँदै प्रजातान्त्रिक व्यवस्थामा सरकारले आम नागरिकलाई मानव अधिकार, सामाजिक न्याय, सुरक्षा र सुशासनको प्रत्याभूति गराउनुपर्नेमा उनको जोड थियो ।
विसं २००७ फागुन ७ गते मुलुकमा १०४ वर्षको जहानियाँ राणाशासन अन्त्य भई प्रजातन्त्रको शुरुआत भएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.