www.tandavnews.com
Fact ~ In search of truth

प्रजातन्त्रलाई जीवनपद्धति बनाऔँ : मुख्यमन्त्री गुरुङ

कास्की ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ६९औँ प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा उनले प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै यसलाई जीवनपद्धति बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

मुख्यमन्त्री गुरुङले अहिलेसम्म प्राप्त सम्पूर्ण उपलब्धिलाई संस्थागत गर्दै समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा पुग्नु आजको आवश्यकता, प्रमुख कार्यभार र साझा दायित्व भएकाले सबै गम्भीर भएर लाग्न सकौँ भन्ने कामना गरेका छन् । उनले प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलिसमेत व्यक्त गरेका छन् ।

विसं २००७ फागुन ७ गते १०४ वर्षीय निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको दिनको सम्झनामा आजको दिनलाई प्रतातन्त्र दिवसको रुपमा मनाउने गरिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.