www.tandavnews.com
Fact ~ In search of truth

प्रथम बिश्वकर्मा कपको च्याम्पियन बन्यो रामघाट

सुशान्त गाहा मगर,
ताण्डव न्यूज ।

बिश्वकर्मा सेवा समाज लाहाचोक, कास्कीले आयोजना गरेको प्रथम बिश्वकर्मा कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिताको च्याम्पियन बौद्धशान्ति क्लब रामघाट बनेको छ ।

पुरानो टुडिखेलमा शनिबार सम्पन्न फाईनल खेलमा गैह्री एफ.सी कस्करीलाई २–१ गोल अन्तरले पराजित गर्दै रामाघाट च्याम्पियन बनेको हो ।रामघाटको जितका लागि घन तामाङ र बिशन गुरुङले समान १÷१ गोल गरे भने कस्केरीको तर्फबाट राकेश राईले जवाफी १ गोल फर्काएका थिए ।

च्याम्पियन बनेसँगै रामघाटले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १ लाख १ हजार १ सय ११ रुपैया प्राप्त गर्याे भने उपबिजेता बनेको कस्केरीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ५१ हजार १ सय ११ मा चित्त बुझायो ।

प्रतियोगिताबाट सर्बाेत्कृष्ट खेलाडीका रुपमा रामघाटका त्रिदेब गुरुङ घोषित बने ।त्यस्तै उत्कृष्ट डिफेण्डरका रुपमा कस्केरीका जोन तामाङ र सोही क्लबकै राकेश राई उत्कृष्ट मिडफिल्डरका रुपमा पुरस्कृत बने भने रामघाटका बिशन गुरुङले प्रतियोगिता अवधिभर ५ गोल गर्दै सर्बाधिक गोलकर्ताको उपाधि र सोही क्लबकै हिमाल गुरुङले उत्कृष्ट गोलरक्षकको हकदार बने ।

गत २१ गते देखी सञ्चालनमा रहेको उक्त प्रतियोगितामा सहभागि ४३ टिमबाट बिजेता र उपबिजेता बन्न सफल टिमहरुलाई कार्यक्रमका प्रमुख अतिथि सि.जी ब्रोअरी प्रालिका गण्डकी प्रदेश म्यानेजर सुबोध रिसाल, आयोजक संस्थाका अध्यक्ष जिवन बिश्वकर्मा लगायतले पुरस्कार बितरण गरेका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.