www.tandavnews.com
Fact ~ In search of truth

प्रथम लोमन्थाङ गाउँपालिका महोत्सव जेठ १६ देखि

पोखरा,
ताण्डव न्यूज ।

लोमन्थाङ गाउँपालिका अन्नपुर्ण संरक्षण क्षेत्र र इलाका संरक्षण कार्यालय लोमन्थाङको आयोजनामा प्रथम लोमन्थाङ गाउँपालिका महोत्सव –२०७६ आयोजना हुने भएको छ । ऐतिहासिक रुपमा परिचित लोमन्थाङमा यहि जेठ १६ गतेदेखि १९ गतेसम्म महोत्सव हुने आइतबार पत्रकार सम्मेलन गरि जानकारि दिइएको हो ।

गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण बर्ष २०१९ सफल पार्ने र नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई टेवा पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको लोमन्थाङका प्रशासकिय अधिकृत सुशिलकुमार अर्यालले बताए ।

Batas

‘यस्ता महोत्सवले हाम्रो गाउँपालिका भित्रका पर्यटकीय गन्तव्यको पनि प्रचारप्रसार गर्नेछ,’ उनले भने, ‘यसले स्थानीय उत्पादनको प्रबद्र्धन र बजारीकरणमा समेत टेवा पुग्ने अपेक्षा गरेका छौ ।’
उपल्लो मुस्ताङसम्म आउनका लागि बाटो निर्माणकार्य ८० प्रतिशत पुरा भएको गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्टले बताँए । ‘महोत्सव हुने स्थानसम्म निर्माणकार्य पुरा हुदैछ,’ उनले भने, ‘गतबर्षको तिजी महोत्सवहरु भन्दा यो महोत्सव व्यवस्थित तरिकाले आयोजना हुनेछ ।’

महोत्सवमा स्थानीय भेषभुषा सहितको मौलिक घोडादौड प्रतियोगिता, होर्ताे प्रतियोगिता, स्थानीय मौलिक भेषभुषा सहितको मौलिक सांस्कृतिक कार्यक्रम, तिर हान्ने प्रतियोगिता खुल्ला भलिबल प्रतियोगिता, बोरा दौड, पर्यटकहरुको लागि मुसा बिरालो खेल, घोडा दौड, ठेलो हान्ने प्रतियोगिता, म्हने नाच साथमा बिबिध सांस्कृतिक कार्यक्रम हुनेछ ।

साथै कृषि, हस्तकला, खाना उत्सव गरि महोत्सवमा १७ स्टलहरु रहनेछन् । महोत्सवमा सहभागि दर्शकले उपल्लो मुस्ताङको ऐतिहासिक तिजी मेलाको समेत अवलोकन गर्न पाउने आयोजकले जानकारी दिए ।
४ दिनसम्म संञ्चालन हुने त्यस महोत्सवमा २० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.