www.tandavnews.com
Fact ~ In search of truth

प्रदेशमा लगानी गर्न मुख्यमन्त्री गुरुङको आह्वान

 

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हङकङबासीलाई आफ्नो प्रदेशमा लगानी गर्न आह्वान गरेका छन् । नेपाली महावाणिज्य दुतावास हङकङले आयोजना गरेको नेपालको लगानी तथा व्यापार प्रवद्र्धनमा समकालिन निति तर्जुमा विषयक छलफलमा मुख्यमन्त्री गुरुङले उक्त आह्वान गरेका हुन् ।

“नेपालमा एउटा सरकारको सट्टा अर्को सरकार आएको होइन, मुख्यमन्त्री गुरुङले भने, गण्डकी प्रदेशमा लगानीको वातावरण बन्दै गएको छ, पर्यटन, हाइड्रो, कृषि र पुर्वाधारमा लगानी गर्न आउनुस् ।”
लगानीको सुरक्षा दिन प्रदेश सरकार तयार रहेको भन्दै मुख्यमन्त्री गुरुङले हङकङमा सिकेको ज्ञान, सीप र अनुभव स्वदेश निर्माणमा लगाउन आग्रह गरे । हङकङमा रहेका नेपाली प्रति लक्षित गर्दै मुख्यमन्त्री गुरुङले विदेशमा रहेका नेपालीहरु अब स्वदेश फर्केर केही गर्नुपर्ने बेला आएको समेत उल्लेख गरे ।

मुख्यमन्त्री गुरुङले नेपाली महावाणिज्य दुतावास हङकङले पनि आफ्नो सेवा सुविधा चुस्त र दुरुस्त बनाउनुपर्ने बताए । प्रदेश सरकारले आप्mनो निति तथा कार्यक्रम र बजेट कार्यान्वयनको चरणमा रहेको भन्दै उनले यसका लागि कानुन निर्माणसँगै बजेट कार्यान्वयन अघि बढाएको जानकारी दिए ।

कार्यक्रममा हङकङमा रहेका नेपाली तथा विदेशीको उल्लेख्य सहभागिता रहेको थियो । गुरुङ समुदायको महान पर्व ल्होसारको अवसरमा तमु एसोसिएसन अफ हङकङले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुष १४ गते हङकङ गएका मुख्यमन्त्री गुरुङ २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

हङकङ बसाईका क्रममा शुक्रबार लमजुङ सेवा समाज हङकङको अन्तरक्रिया एवं सम्मान र शनिबार तमु एसोसिएसन अफ नेपालले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्री गुरुङका स्वकीय सचिव सुर्य गुरुङले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.