www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश चार: मुख्य मन्त्री गुरुङद्वारा विश्वासको मत प्राप्त, अर्को बैठक फागुन २७ गते

पोखरा (रासस)

प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।

आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतका लागि गर्नुभएको प्रस्तावमा ४१ जनाले उहाँको पक्षमा मतदान गर्नुभयो भने १७ जनाले विपक्षमा मतदान गर्नुभएको थियो ।

Batas

साठी सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ३१ मत प्राप्त गर्नुपर्नेमा यस प्रदेशमा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेको २७ र माओवादीको १२ सदस्य रहेकोमा राष्ट्रिय जनमोर्चाका तीन जनाले पनि आज उहाँको पक्षमा मतदान गर्नुभएको थियो ।

विश्वासको मतको विपक्षमा नेपाली काँग्रेसको १५ र नयाँ शक्तिका दुई जनाले मतदान गर्नुभयो ।

मतदानमा सभामुख नेत्रनाथ अधिकारी सहभागी हुनुभएन भने मनाङका स्वतन्त्र तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङले हालसम्म शपथ लिनुभएको छैन ।

आजको बैठकमा प्रदेशसभा नियमावली २०७४ लाई पारित गरियोस् भनी प्रदेशसभा सदस्य प्रभा कोइरालाले गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको थियो ।

अर्को बैठक फागुन २७ गते दिनको ११.०० बजे बस्नेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.