www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश चार : यातायात कार्यालय सेवाग्राहीमैत्री बनाउन कानुन मन्त्रीको निर्देशन

पोखरा ।

आफ्नो मातहत भएका सरकारी कार्यालयहरुमा प्रदेश सरकारले अनुगमन तथा निरिक्षण सुरु गरेको छ । सरकारी कार्यालयमा देखिएको अन्योलता हटाउन, कर्मचारी र जनताको मनोबल बढाउनको लागि प्रदेश ४ ले अनुगमन तथा निरिक्षण सुरु गरेको हो ।

मंगलबार यातायात ब्यबस्था बिभागको सवारी कार्यालयमा प्रदेश नं ४ का आन्तरीक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले अनुगमन गरि कर्मचारीहरुलाई र्निदेशन दिएका छन् ।

Batas

अहिले मुलुकमा संघियता कार्यान्वयन भएको अबस्थामा कर्मचारीहरु लाई के कसरी काम गर्ने भन्ने बिषयमा अन्यौलमा नबस्न उनले सो क्रममा निर्देशन दिए । केन्द्रीकृत सासन प्रणाली अन्तर्गत उत्तरदायि भैरहेको सेवा प्रबाहलाई अब प्रदेश मातहत ल्याउने क्रम सुरु भएकाले र्निधक्क भएर काम गर्न उनले र्निदेशन दिएका हुन ।

प्रदेशले खासगरि राजस्व संकलन हुने कार्यालयहरुमा जनताले सहज रुपमा राजस्व कसरी तिर्न सक्छन भन्ने बिषयमा खाका ल्याउन पनि मन्त्री चुमानले कर्मचारीलाई आग्रह गरेका छन ।

अहिले प्रदेश ४ मा दैनिकजसो सडक दुर्घटनामा मानिसहरुको ज्यान गएको भन्दै उनले हतियारबद्ध जनयुद्धमा भन्दा १५ गुणा बढी सडक दुर्घटनामा ज्यान गुमाउने औसत बढी हुनु गम्भीर बिषय भएको बताए ।

अनुगमनका क्रममा कार्यालय प्रमुख अच्युतराज रेग्मीले कार्यालयको अबस्थाको बारेमा मन्त्रीलाई जानकारी गराएका थिए । उनले कार्यालयमा आउने सेवाग्राहीले बैकबाट सिधै राजस्व दाखिला गर्ने सिष्टमकोे बिकास गर्न सकीने जानकारी दिए ।

अहिले यातायात ब्यबशायिहरुले नयाँ सवारी दर्ता गर्न माग गरिरहेको र पोखराको अबस्था हेरेर मात्र दर्ता दिने गरेको उनले बताए ।

खुल्ला प्रतिष्पर्धाका कारण नयाँ दर्ता र रुट दिन्न भन्न नपाईने भएका कारण यातायात ब्यबस्थापनमा समस्या आएको उनको भनाई थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.