www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश सदस्य प्रकाशचन्द्र दवाडीले सरकारी सुविधा खर्चिए जनसेवामा

पोखरा ।

गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले प्रदेशसभा सदस्य भएवापत पाउने सम्पूर्ण सुविधा जनसेवामा खर्चिएको बताएका छन् ।

गोरखा क्षेत्र नं २९ख० बाट निर्वाचित दवाडीले प्रदेशसभा सदस्यको शपथ लिएको एक वर्षपछि मङ्गलबार पोखरामा पत्रकार सम्मेलन गर्दै यस अवधिमा सचिवालयबाट सुविधा, भत्ता आदि वापत खातामा प्राप्त सात लाख ३० हजारसहित कूल १२ लाख २१ हजार रुपैयाँ जनसेवामा खर्चिएको जानकारी दिए ।

उक्त रकम छात्रवृत्ति, सामुदायिक भवन, आमा समूह एवं युवा क्लबको क्षमता अभिवृद्धि, उपचार सहयोगलगायतमा खर्चिएको उनले बताए । आफू विभिन्न व्यापार÷व्यवसायमा समेत संलग्न रहेको जानकारी दिँदै उनले व्यवसायबाट प्राप्त आम्दानीको करीब १० प्रतिशत सामाजिक सेवाका क्षेत्रमा छुट्याउने गरेको बताए ।

लामो समयदेखि जापानमा नेपाली ह्याण्डिक्राफ्टको व्यापारसमेत गर्दै आउनुभएका दवाडी नेपाली काँग्रेसको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । जनताले निर्वाचन सम्पन्न भएसँगै ठूलो अपेक्षा गरे पनि ती अपेक्षा पूरा हुन नसकेको उनले बताए । सिंहदरबार जनताको घरदैलोमा पुर्याउने भन्दै राज्य पुनर्संरचना भए पनि जनताले सहज सेवा पाउन नसकेको उनको भनाइ थियो । राजनीतिका साथै आगामी दिनमा केही उद्योगमा लगानी गरेर रोजगारी सिर्जना गर्ने तयारीमा आफू लागिरहेको उनले बताए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.