www.tandavnews.com
Fact ~ In search of truth

‘प्रदेश समृद्ध नबनेसम्म आनन्दको अनुभूति हुन्न’:प्रदेश प्रमुख कुँवर

कास्की ।
गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले प्रदेशको विकास र समृद्धि नभएसम्म आफूलाई आनन्दको अनुभूति नहुने बताएका छन् । जीवनयोग प्रयोगशाला पोखराको आयोजनामा आज भएको विशेष सत्सङ्ग कार्यक्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण भएर संविधान कार्यान्वयनका लागि आफू प्रदेश प्रमुख भए पनि मनमा भने आनन्द नभएको भनाइ राखे ।

उनले भने, “म अहिले जुन पद प्रतिष्ठामा छु, जे प्राप्ति भएको छ, त्यसमा अहिले मलाई आनन्दको अनुभूति छैन, एउटा प्रदेश प्रमुखले प्रदेश समृद्ध नभएसम्म कसरी आनन्द लिन सक्छ ?” मानिसले प्रवचनबाट सुनेका कुरालाई ग्रहण गरेर जीवनशैली बनाउन सकेमा मात्र ज्ञान प्राप्त हुने हुँदा जीवन विज्ञानबाट जिउने कला प्राप्त हुने र मृत्युलाई पनि उत्सव बनाउन सक्ने क्षमता यसले प्रदान गर्ने धारणा उनको छ ।

Batas

जीवन विकास विशेषज्ञ गुरुदेव एलपी भानु शर्माले विशेष प्रवचन दिँदै अध्यात्मले व्यक्ति व्यक्तिमा काम गर्ने भएकाले सुखी र स्वस्थ हुने विषय आफैँमा निर्भर रहने बताए । योग, व्यायाम र ध्यानको माध्यमबाट स्वस्थ शरीरको निर्माण गर्दै सुख, शान्ति र समृद्धि हासिल गर्ने उद्देश्यले विसं २०६७ मा जीवन विज्ञानको स्थापनासँगै देशका सातवटै प्रदेशमा गरी ६३ केन्द्रमा दैनिक योग, ध्यान र व्यायाम हुने गरेको प्रयोगशालाका गण्डकी प्रदेश प्रमुख गुणाखर सापकोटाले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.