www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश स्तरीय युवा सम्मेलन सम्पन्न

पोखरा,
ताण्डव न्यूज ।

युवाहरुको क्षेत्रमा सक्रिय रहँदै आएको नेपाल युथ काउन्सिलले गण्डकी प्रदेशमा आयोजना गरेको युवा सम्मेलन सफलताको साथ सम्पन्न भएको छ ।

काउन्सिलले यहि असार १३ र १४ गते २ दिन पोखरामा प्रदेश स्तरीय युवा सम्मेलन २०१९ आयोजना गरेको थियो । सम्मेलनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका युवाहरुको सहभागीता रहेको नेपाल युथ काउन्सिल, गण्डकी प्रदेशकी संयोजक मोनिका रानाभाटले जानकारी दिइन् ।

Batas

गण्डकी प्रदेशमै पहिलो पटक भएको उक्त सम्मेलनमा १८ वर्ष देखि २९ वर्ष समुहका २ सय युवाहरु सहभागी भएको आयोजक नेपाल युथ काउन्सिलले जनाएको छ ।

सम्मेलनमा युवा उद्यमशिलता, युवा र दिगो विकासका लक्ष्यहरु, जलवायु परिवर्तन, युवा र राजनिती , युथ एक्सचेन्ज लगायतका विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको थियो ।

भिजिट नेपाल २०२०लाई प्रर्वद्धन गर्ने गरि सम्मेलनमा युवा र पर्यटन शिर्षकमा विशेष छलफल भयो भने
विभिन्न एक्पर्टहरुले आफ्ना प्रस्तुती राखेका थिए ।

विकास मन्त्रालय, उद्योग वातावरण तथा पर्यटन मन्त्रालय लगायत विभिन्न संघसंस्थाको सहयोगमा सम्मेलन सम्पन्न भएको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.