www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश स्तरीय सिताेरियाे कराते प्रतियोगिता, गोर्खा प्रथम

पोखरा,
ताण्डव न्यूज ।

दोस्रो नरबहादुर बानिया स्मृति प्रदेश स्तरीय सिताेरियाे कराते प्रतियोगिता–०७५ सम्पन्न भएको छ । प्रतियोगितामा गोर्खा प्रथम, लमजुङ द्वितीय र कास्की तृतीय स्थान हात पार्न सफल भएको छ ।

प्रतियोगितामा ३५ केजी महिला तर्फ लमजुङ्गकी प्रियान्सु गुरुङ प्रथम, द्वितीयमा पर्वतका दिव्य गुरुङ भइन् ।

Batas

त्यसैगरी ४० केजी तर्फ पर्वतकी उषा शर्मा प्रथम, लमजुङकी स्मृती जिरेल द्वितीय, ४५ केजी तर्फ पर्वतकी बिनिता चौलागाई प्रथम, कास्कीकी बिम्ला नेपाली द्वितीय, ५० केजी तर्फ तनहुँकी पुजा कुमाल प्रथम, बाग्लुङकी तिलक बुढामगर द्वितीय, ५५ केजी तर्फ गोर्खाकी सोनि राई प्रथम, कास्कीकी आकृति गुरुङ द्वितीय भइन् ।

यस्तै गरि पुरुष तर्फ ३५ केजीमा लमजुङ्गका स्मरण अधिकारी प्रथम, कास्कीका अमीर गुरुङ द्वितीय भएका छन् ।

त्यसैगरी ४० केजी तर्फ गोर्खाका विजय आले प्रथम, बाग्लुङका उत्तम थापा द्वितीय, ४५ केजी गोर्खाका बुद्ध लामा प्रथम, म्याग्दिका र्मासल गर्बुजा द्वितीय, ५० केजी तर्फ लमजुङका अन्कित गुरुङ, तनहुँका विमल थापा द्वितीय, ५५ केजी तर्फ म्याग्दीका प्रज्वल शेरचन प्रथम, गोर्खाका सुशील थापा द्वितीय, ६० केजी तर्फ स्याङ्जाका देवीराम गुरुङ प्रथम, गोर्खाका विराज गुरुङ द्वितीय, ६७ केजी तर्फ म्याग्दीका सुमन बानियाँ प्रथम, गोर्खाका भरत राना द्वितीय भएका छन् ।

प्रतियोगितामा बेष्ट ल्पेयर पुरुष तर्फ लमजुङका स्मरण अधिकारी र बेष्ट ल्पेयर महिला तर्फ गोर्खाकी सोनी राई भएकी हुन् ।

लामाचौर सम्पन्न कार्यक्रममा प्रदेश सभासद बिन्दुकुमार थापाको प्रमुख अतिथि बाबुराम आचार्यको विशेष अतिथि पूर्ण बानियाँको विशेष अतिथिबाट विजयहरुलाई पुरस्कार वितरण गरिएको हो ।

१० जिल्लाका १३० जना खेलाडीहरुले प्रतियोगितामा सहभागिता भएका थिए । कास्की कराते संघका सचिव धन लामाले कार्यक्रम सञ्चालन गरेका हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.