www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश घटनाक्रम : २ शव फेला ,३ घाईते

पोखरा / ताण्डव न्युज ।

प्रदेश नम्बर ४ अन्तर्गतका जिल्लामा हिजो दुई शव फेला परेको छ । शव छुट्टाछुट्टै जिल्ला स्याङजा र पर्वतमा भेटिएको हो ।

स्याङ्जाको गल्याङ नगरपालिका(५ आदी मुहान स्थित कालिगण्डकी नदि किनारमा हिजो एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । फेला परेको शवको हालसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

Batas

यसैबीच हिजै पर्वतको कुश्मा नगरपालिका–९ स्थित मल्याङदी खोला नजिकै एक वृद्धको शव फेला परेको छ । सोही स्थान बस्ने ७५ वर्षीय रन बहादुर वि.कको शव फेला परेको प्रहरीले जनाएको छ । यहि कार्तिक २१ गते देखि हराइरहेको वि.क ५ दिन पछि मृत अवस्थामा फेला परेका हुन् ।

दुवै घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै पोखरामा हिजो भएको सवारी दुर्घटनामा एक घाईते भएका छन् । पोखरा–२७ डाडाको नाकमा ग ८ प ७१५ न को मोटरसाईकल र ग ८ प ५८९ नं .को स्कुटर एक आपसमा ठक्कर खाँदा मोटरसाईकलको पछाडी सवार पोखरा–२९ शिशुवा बस्ने वर्ष ३०कि लिलादेवि अधिकारी घाईते भएकी छन् ।

उनको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । दुवै सवारी साधन र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यस्तै प्याराग्लाइडको उडान भर्ने क्रममा एक विदेशी नागरिक घाईते भएका छन् ।

पोखरा महानरपालिका–१८ सराङकोट मा फ्लाई कम्पनिका पाईलट दिल कुमार लिम्बुले उडान भर्ने क्रममा उडान हेरिरहेका ब्राजिलियन नागरिक MARIYA SOLJAR लाई ठक्कर दिदाँ उनी घाईते भएका हुन् ।

४९ वर्षीय SOLJAR को रिजनल अस्पताल जिरो कि.मि. उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै तनहुँमा बसको ठक्कर बाट एक बालिका घाईते भएकी छिन् ।ब्यास नगरपालिका–१२ घाँसीकुवा स्थित पृथ्वी राजमार्गमा डुम्रेबाट दमैलीतर्फ आउदै गरेको ना५ख ९०४६ नं.को बसले ठक्कर दिदाँ ७ वर्षकी मोनिका भुजेल घाईते भएकी हुन  ।

उनको रत्नहरी अस्पताल दमौलीमा उपचार भईरहेको छ । चालक र बसलाई नियन्त्रणमा लिई घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.