www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया दोहोरिने

काठमाडौं ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिस प्रक्रियामार्फत उपचार सुरु गरिएको जनाएको छ ।

सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै ओलीका निजी चिकित्सकले प्लाज्मा फेरेसिस प्रक्रियामार्फत उपचार थालिएको जानकारी दिएको जनाइएको छ ।

Batas

नेशलन युनभिर्सिटी हस्पिटलमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया केही पटक दोहोरिने बताइएको छ ।प्रत्यारोपण गरिएको मृगौलाको विरुद्धमा बनेको एन्टीबडी निकाल्ने वा झार्ने प्रक्रियामा प्लाज्मा फेरेसिस उपचार विधि अपनाइने चिकित्सिकहरुको भनाइ छ ।

मृर्गौलाको समस्याले पीडित प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार, गत बिहीबार सिंगापुर प्रस्थान गरेका हुन ।विभिन्न प्रयोग र परीक्षण गर्नुपर्ने भएकाले उनको उपचारका लागि केही समय लाग्ने बताइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.