www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओली आज मोदीको सपथमा जाँदै

पोखरा ।

प्रधानमन्त्री केपी ओली आज नयाँ दिल्ली जादैँ छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन ओली त्यस तर्फ जान लागेका हुन् । ओली दिउँसो १ः३५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली जाने भएका छन् ।

Batas

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी बीच भोलि शुक्रबार हैदरावाद हाउसमा भेट हुने जनाइएको छ ।दुवै प्रधानमन्त्री बीच बिहानको नास्ता खाने गरी आधा घण्टा भेटवार्ता हुने स्रोतले जनाएको छ ।

भेटवार्तामा भारतीय प्रधानमन्त्रीलाई औपचारिक बधाई दिने र दुई मुलुकबीचको सम्बन्ध र दुई पक्षीय विषयमा सामान्य छलफल हुने कार्यक्रम रहेको छ ।

ओली भोली ३ः४० मा निगमकै नियमित उडानबाट स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.