www.tandavnews.com
Fact ~ In search of truth

प्रवासीद्वारा विद्यालयलाई पाँच लाख सहयोग

बेनी ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा रहेको देउराली आधारभूत विद्यालयलाई प्रवासी एक परिवारले पाँच लाख आर्थिक सहयोग गरेका छन् ।

विद्यालयमा कम्प्युटर कक्षाका लागि आवश्यक पूर्वाधार व्यवस्थापन गर्नका लागि राम्चे घर भई हाल बेलायतमा रहेका स्व .मोहनबहादुर पुर्जाका श्रीमती र भाइहरूले मङ्गलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु गर्बुजालाई रकम हस्तान्तरण गरे ।

Batas

दिवङ्गत मातापिताको स्मृतिमा मोहनबहादुरकी श्रीमती कृष्णकुमारी, भाइ डिलबहादुर, छकबहादुर, गमबहादुर र बहादुर पुर्जाका परिवारको तर्फबाट संयुक्त पाँच लाख रुपैयाँ सहयोग प्राप्त भएको हो । पुर्जा परिवारले कम्प्युटर कोठा बनाउन रकम अपुग भएमा थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका व्यवस्थापन समितिका उपाध्यक्ष फासबहादुर गर्बुजाले बताए ।

यसैगरी राम्चे आमा समूहलाई गमबहादुर पुर्जाले १५ हजार, उनकी छोरी डा .चुमन पुर्जाले पाँच हजार, बहादुर पुर्जाले १५ हजार र स्टाफ नर्स रेखा पुर्जाले पाँच हजार सहयोग गरेका छन् । सहयोगदाता पुर्जा परिवारलाई मङ्गलबार राम्चेमा देउराली आधारभूत विद्यालय, राम्चे आमा समूहले सम्मान गरेका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.